चलचित्र विकास बोर्डमा चुलियो विवाद, अध्यक्ष भुवन केसीलाई बेलायत जानबाट रोक्न निर्देशन – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

चलचित्र विकास बोर्डमा चुलियो विवाद, अध्यक्ष भुवन केसीलाई बेलायत जानबाट रोक्न निर्देशन

काठमाडौं । बेलायतमा आयोजना हुन लागेको कार्यक्रममा सहभागिताको विषयलाई लिएर चलचित्र विकास बोर्डमा पदाधिकारीबीच मतभिन्नता चुलिएको छ । अध्यक्ष भुवन केसी र बोर्डको सहभागितालाई रोक्न निर्देशन माग गर्दै प्रवक्ता तथा सदस्य केएल बुढाथोकीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी हालेका छन् ।

बुढाथोकीले मन्त्रालयमा पेश गरेको पत्रमा कार्यक्रमको आयोजक संस्था इन्टरनेसनल डेल्फिक काउन्सिल नेपालको आर्थिक पारदर्शिता र उद्देश्यमाथि प्रश्न उठाउँदै यस्तो माग गरेका छन् । उक्त संस्थाले ‘नेपाली चलचित्रको ६ दशक, चुनौतीहरु र अन्तर्राष्ट्रिय बजारको खोजी’ नामक कार्यक्रम लण्डनमा माघ ६ देखि ११ गतेसम्म गर्ने जनाइएको पत्रमा उल्लेख छ ।

मन्त्रालयमा बुढाथोकीले बुझाएको पत्रमा भनिएको छ, ‘कार्यक्रमको विश्वसनीयता र गरिमा बढाउन चलचित्र विकास बोर्डको सहभागिताको प्रचार व्यापक गरिएको छ । यो एकप्रकारको बोर्डको दुरुपयोग हो ।’ केही वर्षयता विदेश घुमाउने मोह देखाएर चलचित्र क्षेत्रको प्रवद्र्धनको नाममा पैसा कमाउने धन्दा फस्टाएको र यसले गर्दा कार्यक्रमको विश्वसनीयता र प्रतिष्ठा घट्दै गएको बुढाथोकीले उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ ५, २१: ३०

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० माघ ५, २१: ३०

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ ५, २१: ३०

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...