आवश्यक दक्ष जनशक्ति उत्पादनमा जोडः रक्षामन्त्री पूर्णबहादुर खड्का – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

आवश्यक दक्ष जनशक्ति उत्पादनमा जोडः रक्षामन्त्री पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान निरीक्षण गर्दै मुलुकका लागि आवश्यक दक्ष जनशक्ति तथा सामाजिक उत्तरदायित्वको भावनाबाट अभिप्रेरित चिकित्सक नर्स, प्रयोगशालाविद्लगायतका स्वास्थ्यकर्मीहरू उत्पादनमा कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले
जोड दिने बताएका छन् ।

निजी क्षेत्रबाट सुस्वास्थ्य सेवा अत्यधिक महँगो भएकाले त्यसमा आम जनताको सहज पहुँच हुन नसकेको भन्दै खड्काले सरकारी र सामुदायिक स्तरमा स्वास्थ्य केन्द्र तथा अस्पतालको विकास गरी त्यहाँबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुने व्यवस्था मिलाउनु राज्यको प्रमुख दायित्व भएको बताए ।

स्वास्थ्य सेवामा नागरिकको सहज र सर्वसुलभ पहुँच स्थापित गर्न सरकारले विभिन्न कार्यक्रमहरू अघि बढाइरहेको जानकारी दिए । कार्यवाहक प्रधानमन्त्री खड्काले सार्वजनिक स्वास्थ्य संस्था सबल र सुदृढ भएमात्र सर्वसाधारणले सर्वसुलभ स्वास्थोपचार सेवा प्राप्त गर्न सक्ने तथ्य कोभिड १९ तथा डेङ्गु सङ्क्रमणको समयमा स्पष्ट भइसकेको जिकिर गरे ।

महामारी तथा अन्य जटिल रोग एवं प्रकोपलाई हृदयङ्गम गरी सरकारले सबै सार्वजनिक अस्पतालको क्षमता विकासमा उच्च प्राथमिकता दिएको बताए ।

यस संस्थानबाट उत्पादन हुँदै गरेका सक्षम चिकित्सा जनशक्तिलाई अझ बढी प्रभावकारीरूपमा अगाडि बढाउन चिकित्सा जनशक्तिको राष्ट्रिय आवश्यकतालाई मनन गरी आगामी दिनमा पाठ्यक्रमअनुसारको शैक्षिक कार्यक्रम, समयानुकूल दक्ष जनशक्तिको विकास, सुदृढीकरण र आधुनिकीकरणलाई प्राथमिकतामा राखी थप शैक्षिक कार्यक्रम सञ्चालन गर्दै अघि बढ्न सम्पूर्ण संस्थानलाई आग्रह गरे ।

संस्थानमा शिक्षण तथा व्यवस्थापनमा लागि अहोरात्र खटिने शिक्षक वर्ग, सकलदर्जालगायत कर्मचारीको समर्पण र सामूहिक प्रयासले नै आज यो संस्थानले शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको उनको भनाइ छ ।

चिकित्सा शिक्षा अध्ययनका लागि देशकै उत्कृष्ट मेडिकल कलेजका रूपमा स्थापित गर्न आगामी दिनमा यहाँका प्राध्यापक कर्मचारी तथा सकल दर्जाले थप प्रयास गर्नेमा उनले विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचार

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ ६, ०६: ५८

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० माघ ६, ०६: ५८

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ ६, ०६: ५८

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...