चेपाङ संरक्षण केन्द्रका बालबालिकालाई खाद्यान्न र स्टेशनरी सहयोग – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

चेपाङ संरक्षण केन्द्रका बालबालिकालाई खाद्यान्न र स्टेशनरी सहयोग

चितवन । गामवेशी चेपाङ संरक्षण केन्द्र चितवनका बालबालिकाहरूका लागि खाद्यान्न तथा स्टेशनरी सामग्री सहयोग गरिएको छ । लायन्स क्लब अफ काठमाडौँ साझा फूलबारी र कामना ईन्टरनेशनल कलेजको सहकार्यमा केन्द्रका झन्डै एक सय ५० चेपाङ बालबालिकाहरूका लागि उक्त सामग्री सहयोग गरिएको हो ।

शिक्षामा सहयोग भन्ने लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम तथा डिष्ट्रिक्ट गभर्नरको मूल नारा अनुसार चेपाङ बालबालिकाहरूलाई खाद्यान्न तथा स्टेशनरी वितरण गरिएको हो । क्लबका अध्यक्ष कमल बहादुर खत्री, डिस्ट्रिक्ट चिफ अफ एओजी हरि चन्द्र तिवारी, कामना फाउन्डेसनका अध्यक्ष तथा क्लबका पूर्व अध्यक्ष ईश्वर अर्याल, जोन चेयर पर्सन गणेश प्रसाद पन्त, समाजसेवी ध्रुव खनाल तथा चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरणको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी उक्त सामग्री वितरण गर्दै केन्द्रका अध्यक्ष केपी किरणले सहयोगको लागि क्लब साझा फूलबारी र कामना स्कुल परिवारलाई समेत धन्यवाद दिए ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ ७, ११: १५

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ ७, ११: १५

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ ७, ११: १५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...