वीरगन्जका मेयरविरुद्ध सामूहिक उजुरी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

वीरगन्जका मेयरविरुद्ध सामूहिक उजुरी

वीरगन्ज । मेयर सिंहविरुद्ध कारबाहीको माग गर्दै प्रधानमन्त्रीको कार्यालयदेखि लिएर गृह मन्त्रालयसम्म सामूहिक उजुरी परेको छ । यसअघि पर्सा जिल्ला प्रशासन कार्यालय, पर्सा प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सीआइबी तथा राष्ट्रिय सतर्कता केन्द्रसम्म उजुरी परेको थियो ।
फर्जीको विवरणको आधारमा रुविना श्रेष्ठलाई छोरी बनाएर नागरिकता दिलाएको भन्दै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध कारबाहीको उजुरी परेको छ ।

अरूको छोरीलाई आफ्नो छोरी भन्दै नागरिकता दिलाएको आरोप छ । पर्साका स्थानीय तथा कांग्रेस समर्थकहरूले पहिलोपटक पुस २४ मा जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका थिए ।

योसँगै मेयर सिंहविरुद्ध जिल्ला प्रशासन कार्यालयमा दर्जनभन्दा बढी उजुरी परेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

यही विषयमा छानबिनको माग गर्दै पर्सा प्रहरीमा अर्को जाहेरी परेको छ । मेयर सिंहसहित नागरिकता लिने रुविना श्रेष्ठमाथि कारबाहीको माग गर्दै उजुरी परेको छ ।
मेयर सिंहसहित २ जनाविरुद्ध फौजदारी अपराध अन्तर्गत जाहेरी परेको पर्सा प्रहरी प्रमुख कोमल शाहले बताए ।

यसैगरी नागरिकता प्रकरणबारे यही साताभित्रै सत्य तथ्य छानबिनको माग गर्दै गृह मन्त्रालय तथा प्रधानमन्त्रीको कार्यालयमा समेत उजुरी दिइएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पर्साका नेताहरूले भेटघाट गर्दै सत्य तथ्य छानबिनको माग गर्दै उजुरी दिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

नागरिकता प्रकरणबारे सञ्चार माध्यममा समाचारहरू आउन थालेपछि पर्साको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले खोजबिन सुरु गरेका बताइएको थियो । नागरिकता बनाउँदाको अनुसूची फर्म नै गायब बनाएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालयबाटै अनुसूची फर्म गायब भएपछि यो विषय झन् शंकास्पद रहेको भन्दै प्रजिअ भुसालले सहायक सीडीओ शिव लम्सालको नेतृत्वमा छानबिन समितिसमेत गठन गरिसकेका छन् ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ ७, १२: ०२

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ ७, १२: ०२

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ ७, १२: ०२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...