
चितवन । नवलपुरको हुप्सेकोटका एक व्यक्तिले बच्चा जन्माउने समय हुन लागेकी गर्भवती पत्नीको हत्या गरेका छन् ।
जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नं. ६ बिरुखर्कका ३३ वर्षका शेरबहादुर लम्कामगरले श्रीमती ३४ वर्षीया श्रीमती चनिसरा लम्कामगरको हत्या गरेका हुन् । चनिसरा ८ महिनाकी गर्भवती थिइन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति शेरबहादुरले घरमै सुतिरहेकी श्रीमती चनिसरालाई कोदालो र खुर्पा प्रहार गरेर हत्या गरेका हुन् । प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलका अनुसार श्रीमतीको हत्या गर्ने शेर बहादुरलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको छ । हत्याको कारण खुलेको छैन ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...