
काठमाडौं । केही दिनदेखिको शीतलहरले तराई मधेसको जनजीवन आक्रान्त बनेको छ । दुई सातायता मधेस प्रदेशका आठवटै जिल्लामा घाम लाग्न सकेको छैन ।
सर्लाही, सिराहा, रौतहट, महोत्तरी, पर्सा, धनुषालगायतका जिल्लामा अहिले बिहानीपख बाहिर निस्कँदा शीत झरेर भिजिने अवस्था छ ।
शनिबारको तुलनामा हुस्सु कम लागे पनि कठ्यांग्रिदो चिसो भने कामयै छ । शीत झरेर भुइँ नै ओसिलो देखिन्छ । अत्यावश्यक काम परेर निस्कनुपर्ने पैदलयात्री, साइकल, मोटरसाइकल चलाउनेहरु शीतले नै भिजिरहेका छन् ।
चिसो घट्न नसक्दा यहाँका विद्यालयहरु सञ्चालन हुन सकेका छैनन् । सरकारी र निजी विद्यालयले जाडो बढेसँगै हिउँदे बिदा थप गरेका छन् । दिउँसोपखसमेत घाम नलाग्दा तराई मधेसको जनजीवन आक्रान्त छ ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...