पूर्वगृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त भएपछि थुनामा रहेका अन्य अभियोगीहरु रिहाइको माग गर्दै – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

पूर्वगृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त भएपछि थुनामा रहेका अन्य अभियोगीहरु रिहाइको माग गर्दै

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त भएपछि थुनामा रहेका अन्य अभियोगीहरु रिहाइको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् ।

काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनको आदेशले थुनामा रहेकाले उक्त आदेश बदरको माग गर्दै सर्वोच्चमा पुगेका हुन् । उच्चको आदेशले नौजना यस मुद्दामा पुर्पक्षका लागि थुनामा छन् भने ११ जनाको हकमा जिल्लाको आदेश बदर भएकाले उनीहरु थुनामुक्त भइसकेका छन् ।
यतिबेला गत १२ पुसमा गृहसचिव टेकनारायण पाण्डे र पूर्वमन्त्री टोपबहादुर रायमाझीले उच्चको आदेशविरुद्ध सर्वोच्चमा निवेदन दर्ता गराएका थिए । सर्वोच्चका न्यायाधीश कुमार रेग्मीले उक्त निवेदनउपर सुनुवाइ गर्दै १६ पुसमा कैफियत झिकाउने आदेश दिएका थिए ।

यसैगरी उच्चको आदेशले थुनामै रहेका पाण्डे र रायमाझीसहित केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, इन्द्रजित राई, गोविन्दकुमार चौधरी, सन्देश शर्मा र आङटावा शेर्पासमेत निवेदनसहित सर्वोच्च पुगेका थिए ।

 

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ ७, १३: २५

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ ७, १३: २५

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ ७, १३: २५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...