‘राजा’ लेखिएको ब्यानर मन्त्रीको निर्देशनमा सच्याइयो – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

‘राजा’ लेखिएको ब्यानर मन्त्रीको निर्देशनमा सच्याइयो

काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिरमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न बनाइएको गेटको ब्यानरमा ‘राजा’ मात्र लेखिएपछि विवाद भएको छ । विवादपछि ‘राजा’ सच्याइएको छ ।

वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रहरीलाई उक्त ब्यानर हटाउन निर्देशन दिएका थिए । अहिले उक्त ब्यानरमा ‘राजा’को अगाडि ‘पूर्व’ थपेर ‘पूर्वराजा’ नै लेखिएको छ ।

“नेपाल गणतान्त्रिक मुलुक हो, यहाँ कुनै राजा छैन । कसैलाई राजा भनेर लेख्नु संविधान विपरीत हो । त्यसैले राजा लेखेको ब्यानर हटाउन प्रहरीलाई निर्देशन दिएको हुँ,” मन्त्री श्रेष्ठले भने, “राजा लेखेको ब्यानर सच्याएर पूर्वराजा लेखिएछ राम्रो भयो ।”

पूर्वराजाको स्वागतका निम्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहको संयोजकत्वमा एक हजार ११ सदस्यीय समिति गठन गरिएको थियो ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ ७, १४: १७

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ ७, १४: १७

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ ७, १४: १७

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...