ईभीको आयातमा तिन गुणाले बृद्धि,६ महिनामा १२ अर्ब भन्दा माथिका गाँडी भित्रिए – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

ईभीको आयातमा तिन गुणाले बृद्धि,६ महिनामा १२ अर्ब भन्दा माथिका गाँडी भित्रिए

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को ६ महिना (साउनदेखि पुससम्म)मा पाँच हजारभन्दा बढी विद्युतीय गाडी (ईभी) नेपाल भित्र्याइएको छ । भन्सार विभागका अनुसार ६ महिनामा १२ अर्ब ७३ करोड २७ लाख रुपैयाँबराबरका पाँच हजार १०७ ईभी भित्र्याइएको हो ।

त्यसबापत सरकारले पाँच अर्ब ६७ करोड ३५ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । यो अवधिमा ५० किलोवाट क्षमतासम्मका दुई हजार ५६ र ५१ देखि १०० किलोवाटका दुई हजार ९७० ईभी नेपाल भित्र्याइएको छ ।
यस्तै, २०० किलोवाट क्षमताका ६८ र त्यसभन्दा माथिका १३ बिजुली गाडी नेपाल भित्र्याइएको छ ।

गत आर्थिक वर्ष २०७९/०८० को यसै अवधिमा एक हजार ७४९ ईभी नेपाल भित्र्याइएको थियो । चालु आवको तुलनामा यो करिब तीन गुणा कम हो ।

त्यति बेला भित्र्याइएका चार अर्ब ९२ करोड ९१ लाख रुपैयाँ बराबरका गाडीबाट सरकारले एक अर्ब ३३९ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

 

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८० माघ ७, १४: ३७

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८० माघ ७, १४: ३७

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८० माघ ७, १४: ३७

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...