
काठमाडौं । रूसी सेनामा भर्ती भई मारिएका नेपालीको परिवारले क्षतिपूर्ति बापत कम्तिमा ७५ लाख रुपैयाँ दिन रूस सहमत भएको छ । रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएका नेपालीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रूस तयार भएको स्रोतले जानकारी दियो ।
“रूसले आफ्नो कानूनअनुसार सेनामा भर्ती भई युद्धका क्रममा मारिएका नेपालीका परिवारलाई ५० लाख रुबल (७५ लाख १६ हजार ३६७ रुपैयाँ) उपलब्ध गराउने जनाएको छ,” मस्कोस्थित नेपाली दूतावास स्रोतले भन्यो, “अब क्षतिपूर्ति रकम भुक्तानीको प्रक्रिया टुङ्ग्याउन बाँकी छ ।”
रूसले हालसम्म आफ्नो सेनामा भर्ती भएका १० जना नेपालीको युक्रेनसँगको युद्धको क्रममा मारिएको जानकारी औपचारिक रूपमा नेपाल सरकारलाई गराएको छ । यसबाहेक थप तीनजना रूसी सेनामा भर्ती भएका नेपालीको मृत्यु भएको खबर उनीहरूका आफन्तले अनौपचारिक माध्यमबाट प्राप्त गरेका छन् ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...