
काठमाडौं । राम मन्दिरको प्राणप्रतिष्ठाको उत्सवको अवसरमा कपिलवस्तुका ८ पालिकाले आज सार्वजनिक बिदा दिएका छन् । जनकपुरधामको जानकी मन्दिरमा आज सवा लाख दियो बालेर उत्वस मनाउने तयारी गरिएको छ ।
भारतको अयोध्यामा आज हुने प्राणप्रतिष्ठानको अवसरमा भगवान रामको ससुराली जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दियो बाल्न लागिएको हो ।
भारतमा राम मन्दिरको प्राणप्रतिष्ठा भएको दिन आज साँझ १ लाख २५ हजार दियो बाल्नुका साथै विशेष आरतीको आयोजना गरिएको जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
राम मन्दिरको उद्घाटन विशेष महत्वको दिन भएकाले दियो बाल्ने कार्यक्रममा सबैलाई सहभागी हुन समितिले आग्रह गरेको छ । राम मन्दिरको प्राण प्रतिष्ठाका लागि भगवान रामको ससुराली जनकपुरबाट सुनचाँदीका गहना, लत्ताकपडा, फलफूल लगायत ३ हजारभन्दा बढी कोसेली अयोध्या पठाइ सकिएको छ ।
प्राण प्रतिष्ठामो सहभागी हुन जानकी मन्दिरका महन्त, साधुसन्त यसअघि नै अयोध्या पुगिसकेका छन् ।
आजका दिन पशुपंक्षीको वध र मासु तथा मदिराको बिक्री वितरणमा समेत रोक लगाइएको छ ।
कपिलवस्तुको यशोधरा, विजयनगर, मायादेवी, शुद्धोधन गाउँपालिका र कपिलवस्तु,शिवराज,महाराजगंज र कृष्णनगर नगरपालिकाले बिदा दिएका हुन ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...