कोशीका मुख्यमन्त्री कार्कीको १०० दिनको उपलब्धि सार्वजनिक – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

कोशीका मुख्यमन्त्री कार्कीको १०० दिनको उपलब्धि सार्वजनिक

काठमाडौ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले १०० दिने उपलब्धि सार्वजनिक गरेका छन् । सोमबार कार्कीले सर्वसम्मत रूपमा सभामुख चयन, शैलेजा आचार्य ह्दयरोग उपचार केन्द्रको सञ्चालन लगायत विषय समेटेर १०० दिने उपलब्धि सार्वजनिक गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले सार्वजनिक गरेको उपलब्धिमा राप्रपा सांसद अम्बरबहादुर विष्टलाई सर्वसम्मत रूपमा सभामुख निर्वाचित गराएर प्रदेशसभामा सबैको भावना समेट्न नेतृत्व गरेको उल्लेख छ ।

पहिचान पक्षधरसँग वार्ताका लागि वार्ता समिति गठन, १०० बेडको जलन अस्पताल स्थापनाका लागि सम्झौता, प्रादेशिकसँगै चार वटा निजी अस्पतालमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार उनले १०० दिने उपलब्धिको सूचीमा राखेका छन् ।

प्रदेशको अधिकारका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको, तीन वटा विद्युतीय चार्जिङ स्टेसन निर्माण, रोजगार प्रवर्द्धनका लागि वेबसाइट सञ्चालन मुख्यमन्त्रीले आफ्नो उपलब्धिमा समावेश गरेका छन् ।

 

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ ८, १८: १०

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ ८, १८: १०

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ ८, १८: १०

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...