
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिहान ९ बजे
ज्ञापनपत्र बुझाएका छन् । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
एमालेले जन गुनासो समेटेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको उनले बताए।
एमालेले मंसिर १४ गतेदेखि पुस १ गतेसम्म सुदूरपश्चिमको झुलाघाटदेखि कोशी प्रदेशको चिवाभञ्ज्याङसम्म सङ्कल्प यात्रा गरेको थियो। मध्यपहाडी लोकमार्ग केन्द्रित झन्डै २ हजार किलोमिटर यात्राका क्रममा आएका गुनासा, सुझावहरूलाई वर्गीकरण गरेर ज्ञापनपत्र बुझाउन लागिएको ज्ञवालीले बताए।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...