
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परम्परागत सोचबाट देशको समृद्धि नहुने बताएका छन् ।
मङ्गलबार सिंहदरबारमा सम्बन्धित निकायका पदाधिकारी तथा व्यक्तिहरूसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।
“परम्परागत सोच र औपचारिकताबाट देशको समृद्धि र विकास सम्भव छैन । त्यसका लागि हामी सबैले नयाँ सोच र योजनाका साथ काम गर्नैपर्दछ । त्यसैले प्रक्रिया छोट्याएर परिणाम दिनेगरि काम गरौँ,” प्रधानमन्त्रीले भने ।
१ वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रमा सकारात्मक सुधार आएको उनले बताएका छन् । “अहिले गरिएको प्रयासबाट पनि छिटै सकारात्मक र गुणात्मक परिणाम आउनेछ प्रयास गर्नुपर्छ,” उनले भने ।
पछिल्लो १ महिनाको अवधिमा विभिन्न मन्त्रालयहरूसँग छलफल गरी समस्याको गाँठो फुकाउने काम गर्दै आएको उनले बताए । “जनतासँग प्रत्यक्ष सरोकार राख्ने विभाग र कार्यालयहरूसँग नियमित छलफल गरेको छु । एक्सन रूमबाट राष्ट्रिय गौरवका आयोजनाहरूको अनुगमन गरी नीतिगत समस्याको सम्बोधनसमेत गर्दै आएको,” प्रधानमन्त्री प्रचण्डले भने ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...