कम्पनी रजिस्ट्रारमा बुझाएको कागजातका कारण रवि अर्को समस्यामा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

कम्पनी रजिस्ट्रारमा बुझाएको कागजातका कारण रवि अर्को समस्यामा

काठमाडौं । ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले शेयर छोड्दा कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाएको कागजात विवादमा परेपछि कानुनी परामर्श थालेका छन् ।

१ करोड ८० लाख खातामा लिएको बैंक भौचर भरे पनि आफ्नो खातामा रकम जम्मा नभएको बताएका उनले अर्को तमसुक सार्वजनिक भएपछि वरिष्ठ अधिवक्तासँग परामर्श थालेका हुन् ।

रविले गोर्खा मिडिया छोड्दा १५ प्रतिशत सेयरको रकम १ करोड ८० लाख लिएको देखिएको छ । तर, पैसा लिएको भनेर सरकारी अड्डामा ल्याप्चेसहित कागज गरिदिएका रविले पत्रकार सम्मेलनमा भने रकम आफ्नो खातामा नआएको बताएका थिए ।
बैंक भौचर तथा ल्याप्चेसहितको कागज बनाएर कम्पनी रजिस्ट्रारको कार्यालयलाई छलेर सेयर कारोबार गरिएको भए अन्यसहित किर्तेको कानुन पनि आकर्षित हुन्छ । यसबारे पर्न सक्ने झमेलालाई लिएर उनी तनावमा छन् ।

रविले १५ प्रतिशत सेयर बेच्दा गितेन्द्रबाबु (जीबी) राईसँग १ करोड ८० लाख रुपैयाँ लिएको हस्ताक्षर र ल्याप्चेसहितको कागज कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाएका छन् ।
गोर्खा मिडियामा स्वेट सेयर (पसिनाको हिस्सा) लिँदा १ करोड ८० लाख रुपैयाँ लिएको भन्दै बैंक भौचर कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाएका छन् । तर, त्यो पैसा खातामा नआएको र प्रक्रिया पुरा गर्न मात्र फेक भौचर बुझाइएको दाबी गरेपछि कानुनी अड्चन देखिएको हो ।

किनकि कम्पनी ऐन २०६३ अनुसार कुनै कम्पनीको कुनै सञ्चालक वा पदाधिकारीले कम्पनीको कुनै कागजपत्रमा बदनियत वा द्वेषपूर्ण लापरबाहीसाथ कुनै झुट्टा विवरण बुझाउनु हुँदैन । यदि त्यसो गरेको भए पचास हजार रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ १०, १४: ०३

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ १०, १४: ०३

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ १०, १४: ०३

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...