आफ्नै घरको छतबाट हाम फालेका धनगढीका कस्मेटिक व्यवसायी अग्रवालको मृत्यु – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

आफ्नै घरको छतबाट हाम फालेका धनगढीका कस्मेटिक व्यवसायी अग्रवालको मृत्यु

काठमाडौं । आफ्नै घरको छतबाट हाम फालेर धनगढीका कस्मेटिक व्यवसायी सन्तोष अग्रवालले आत्महत्या गरेका छन् ।

धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय अग्रवालले बुधबार आफ्नै घरको पाँच तलाबाट हाम फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बुधवार विहान करिब ११ः२० बजे हाम फालेर घाइते भएका अग्रवाललाई तत्काल उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो । नवजीवन अस्पतालमा उपचारका क्रममा अग्रवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अग्रवालले आत्महत्या गर्नुको कारण भने खुलेको छैन । घरको रेलिङबाट केही तल झरेर उल्टा फर्केर हाम फालेका अग्रवाललाई हाम फाल्दै गर्दा त्यहाँ रहेका स्थानीय बासिन्दाले हाम नफाल्न आग्रह गरेका थिए ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ १०, १४: ३८

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ १०, १४: ३८

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ १०, १४: ३८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...