नेपालले ६ महिनाको अवधिमा ३७ देशका २५१ विदेशी नागरिकलाई निष्कासन – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

नेपालले ६ महिनाको अवधिमा ३७ देशका २५१ विदेशी नागरिकलाई निष्कासन

काठमाडौं । नेपालले पछिल्लो ६ महिनाको अवधिमा ३७ देशका २५१ विदेशी नागरिकलाई निष्कासन गरेको छ ।

अध्यागमन विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिना साउन,पुस को अवधिमा उनीहरूलाई निष्कासन गरिएको हो ।

भिसा समयभन्दा बढी बस्ने , नक्कली राहदानी तथा भिसामा आउने, विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएका लगायतको आरोपमा उनीहरूलाई नेपालबाट निष्कासन गरिएको हो ।

२०८० साउनदेखि पुस मसान्तसम्मको अवधिमा नेपालले निष्कासन गरेका विदेशीमा सबैभन्दा ठूलो संख्या चिनियाँ र अमेरिकी छन् ।

अध्यागमन विभागले जारी गरेको पछिल्लो ६ महिनाको विवरणमा उक्त अवधिमा नेपालले १४४ चिनियाँ र २४ अमेरिकीलाई निष्कासन गरेको छ । निष्कासन गरेकामध्ये ५७.३७ प्रतिशत चिनियाँ रहेको विभागको तथ्यांकले देखाउँछ ।

पछिल्लो ६ महिनाको अवधिमा नेपालले बेलायतका १४, बंगलादेशका १०, क्यानडाका ६, उज्वेकिस्तानका ६, श्रीलंकाका चार, जर्मनीका तीन, फ्रान्सका तीन र इटालीका तीन नागरिकलाई विभिन्न आरोपमा निष्कासन गरेको छ ।

यस्तै, सोही अवधिमा दक्षिण कोरिया, रुस, भियतनाम, नेदरल्याड, जापान, युक्रेन र अष्ट्रेलियाका दुई-दुई नागरिकलाई निष्कासन गरिएको छ ।

विभागका अनुसार पाकिस्तान, क्यामरुन, सुडान, पोर्चुगल, भुटान, नाइजेरिया, इन्डोनेसिया, हङकङ, युगाण्डा, डेनमार्क, सिंगापुर, ताजकिस्तान, लेबनान, थाइल्याण्ड, नर्वे, स्पेन, स्वाजील्याण्ड, मङ्गोलिया र जोर्डनका एक-एक नागरिक पनि निष्कासन हुनेमा परेका छन् ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ १०, १६: १२

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ १०, १६: १२

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ १०, १६: १२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...