अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती हमलामा ४१ जनाको मृत्यु भएको छ । धार्मिक समूह शियाको साँस्कृतिक केन्द्रमा भएको हमलामा अन्य ८० जनाभन्दा बढी घाइते भएका जनाएको छ । घाइतेमा महिला तथा बालबालिका समेत रहेका बताइएको छ । हालसम्म घटनाको जिम्मा कसैले लिएको छैन । यद्यपी तालिबान समूहले गरेका आशंका भए पनि उसले यसमा आफ्नो कुनै हात नरहेको बताएको छ ।
केही समययता अफगानिस्तानमा शिया समुदायसँग जोडिएका स्थानमा यस्ता हमला हुँदै आएका छन् । तर यस पटकको हमलामा भने आफूहरुको हात नभएको बताएको छ । अफगानिस्तान गृह मन्त्रालयका प्रवक्ता नसरत रहीमीले हमला भएको जानकारी दिएका हुन्। हमला तबायन साँस्कृतिक भवनमा भए पनि सँगैको मिडिया अफगान भ्वाइस पनि लक्षित गरिएको बताइएको छ । भवनमा केही विद्यार्थी कार्यक्रम गरिरहेका थिए । त्यहाँ उपस्थित दुई विद्यार्थीको मृत्यु भएको र दुई जना घाइते भएका अफगान भ्वाइसका पत्रकार सायद अब्बास हुसेनीले जानकारी दिएका छन् । सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
काठमाडौं : उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्याएको छ...
काठमाडौं । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि हालसम्म कम्तीमा १३८ वटा परकम्प गएको पुष्टि भएको छ। घटनामा मृत्यु हुनेको संख्या...
काठमाडौं : भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु भएको तथा ७ सय जनाभन्दा बढी घाइते भएका छन्...