काबुलमा आत्मघाती हमला हुँदा ४१ को मृत्यु – Naya Bikalpa
November 8, 2025, Saturday      Epaper

काबुलमा आत्मघाती हमला हुँदा ४१ को मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती हमलामा ४१ जनाको मृत्यु भएको छ । धार्मिक समूह शियाको साँस्कृतिक केन्द्रमा भएको हमलामा अन्य ८० जनाभन्दा बढी घाइते भएका जनाएको छ । घाइतेमा महिला तथा बालबालिका समेत रहेका बताइएको छ । हालसम्म घटनाको जिम्मा कसैले लिएको छैन । यद्यपी तालिबान समूहले गरेका आशंका भए पनि उसले यसमा आफ्नो कुनै हात नरहेको बताएको छ ।
केही समययता अफगानिस्तानमा शिया समुदायसँग जोडिएका स्थानमा यस्ता हमला हुँदै आएका छन् । तर यस पटकको हमलामा भने आफूहरुको हात नभएको बताएको छ । अफगानिस्तान गृह मन्त्रालयका प्रवक्ता नसरत रहीमीले हमला भएको जानकारी दिएका हुन्। हमला तबायन साँस्कृतिक भवनमा भए पनि सँगैको मिडिया अफगान भ्वाइस पनि लक्षित गरिएको बताइएको छ । भवनमा केही विद्यार्थी कार्यक्रम गरिरहेका थिए । त्यहाँ उपस्थित दुई विद्यार्थीको मृत्यु भएको र दुई जना घाइते भएका अफगान भ्वाइसका पत्रकार सायद अब्बास हुसेनीले जानकारी दिएका छन् । सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

सम्बन्धित समाचार

भियतनाममा भीषण बाढीमा परी ३५ जनाको मृत्यू
भियतनाममा भीषण बाढीमा परी ३५ जनाको मृत्यू
  • २०७४ पुष १७, ०९: ४६

काठमाडौं।भियतनाममा अविरलको भारी वर्षा र बाढीका कारण भियतनाममा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।अन्य पाँच जना अझै बेपत्ता छन्...

सीमानामा भिडन्त हुँदा २३ पाकिस्तानी र ९ अफगानी सेना मारिए
सीमानामा भिडन्त हुँदा २३ पाकिस्तानी र ९ अफगानी सेना मारिए
  • २०७४ पुष १७, ०९: ४६

काठमाडौं।पाकिस्तानी र अफगानी सेनाबीच सीमाना भएको गोली हानाहानमा दर्जनौं सेना मारिएका छन्।शनिबार राति सीमावर्ती खोस्त, पक्तिका, कुनर, नान्गारहार, पक्तिया र...

हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् विपिन जोशी
हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् विपिन जोशी
  • २०७४ पुष १७, ०९: ४६

काठमाडौँ । इजरायलले गाजामा युद्धविराम लागू गर्ने र बन्धकहरूलाई रिहा गर्ने सम्झौतालाई अनुमोदन गरेको छ ।हमासले मुक्त गराउन लागेको २०...