
काठमाडौँ । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएका एक जना आरोपी कतारबाट पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा फरार रहेका सुनसरी बराहक्षेत्र नगरपालिका–११, मधुवनका २५ वर्षीय सेहमान खाँ पक्राउ परेका हुन् ।
इन्टरपोलको नेश्नल कन्ट्रोल ब्युरो (एनसीबी) दोहाको सहयोगमा उनलाई कतारमा पक्राउ गरेर काठमाडौँ ल्याइएको नेपाल प्रहरीले जनाएको छ । खाँ विरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो । त्योबीचमा उनी वैदेशिक रोजगारका लागि कतार पुगिसकेको खुलेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
नेपाल प्रहरीको अनुरोधमा खाँविरुद्ध इन्टरपोल महासचिवालयबाट २ माघमा रेड नोटिस जारी भएको थियो । यसबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...