सेनाको श्रमदानबाट स्याङ्जामा दुई हेलिप्याड – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

सेनाको श्रमदानबाट स्याङ्जामा दुई हेलिप्याड

स्याङ्जा । नेपाली सेनाले स्याङ्जामा दुई ओटा हेलिप्याड निर्माण गरेको छ । जिल्लाको अर्जुनचौपारी गाउँपालिका र हरिनास गाउँपालिकामा सेनाले श्रमदानबाट दुईओटा हेलिप्याड निर्माण गरेको हो ।

दुवै पालिका दुर्गम भएकाले पालिकाको आर्थिक सहयोग र नेपाली सेनाको श्रमदानबाट हेलिप्याड निर्माण गरिएको समरजित गुल्मका गुल्मपति सेनानी दिपेश खड्काले जानकारी दिए । झण्डै ३ महिना अगाडी अर्जुन चौपारीमा निर्माण सम्पन्न पछि पालिकालाई हस्तान्तरण गरिएको थियो भने हरिनासमा बुधवार हस्तान्तरण गरिएको उनले बताए ।

दुवै पालिकामा ६० वाई ६० फिटको लम्वाई र चौडाई भएका हेलिप्याड निर्माण गरिएको छ । अर्जुनचौपारीको कमले बजारमा र हरिनास गाउँपालिकाको ४ नम्बर वाडको चुलीडाँडामा निर्माण गरिएको सेनानी खड्काले बताए ।

स्थानीय तहको बजेट तथा नेपाली सेनाको जनशक्ति श्रमदानमा “एक आर्थिक वर्ष, एक युनिट जोडी हेलिप्याड निर्माण” गर्ने योजना अनुरुप स्याङ्जाको दुई पालिकामा हेलिप्याड निर्माण भएको उनले बताए । यो जिल्लाको आवश्यकता अनुसार क्रमिकरुपले अन्य पालिकामा पनि निर्माण हुने छ ।

हरिनाश गाउँपालिकामा निर्माण गरिएको हेलिप्याड बिहिबार श्री नं. ३ बाहिनी अड्डा खैरेनीटार व्यारेक तनहुँका बाहिनीपति सहायक रथी गौरव कुमार केसीले गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरलाई हस्तान्तरण गरेका छन् ।

विपद्मा उद्धार, बिरामीको छिटो उपचार, लगायत अन्य बिषयमा आपतकालिन अवस्थामा हेलिप्याडको महत्वपुर्ण भुमिका हुने भएकाले नेपाली सेनाले हरेक पालिकामा हेलिप्याड बनाउने लक्ष्य लिएको केसीले बताए । आकस्मिक घट्नामा उद्धार गर्न ठुला हेलिकप्टर आवश्यक पर्ने भएकाले हेलिप्याड बनाइएको उनले बताए ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ १२, १३: ४८

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ १२, १३: ४८

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ १२, १३: ४८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...