चिनियाँ कम्युनिष्ट पार्टीकी उपप्रमुख सुन हैयान नेपालमा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

चिनियाँ कम्युनिष्ट पार्टीकी उपप्रमुख सुन हैयान नेपालमा

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपप्रमुख सुन हैयान नेपाल आइपुगेकी छन् । उच्चस्तरीय राजनीतिक भेटघाटका लागि उनी नेपाल आइपुगेकी हुन्।

आज बिहान उनी तीन दिने भ्रमणका लागि काठमाडौँ ओर्लिएकी हुन्। तीन दिने नेपाल भ्रमणका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने छिन्।

सुनले आजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्ने छिन्। शनिबार बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गर्ने छिन् । शनिबार साढे ११ बजे नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम छ ।

आइतबार ९ देखि ११ बजेसम्म सोल्टी होटलमा हुने एउटा कार्यक्रममा उनी सहभागी हुने छिन्। आइतबार ३ बजे नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने तय भएको छ। आइतबार नै उनले माओवादी केन्द्रका दोस्रो तहका नेताहरूसँग पनि भेटघाट गर्ने छिन् ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ १२, १७: ०९

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ १२, १७: ०९

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ १२, १७: ०९

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...