नेता लोभी भएको देशका जनता कहिल्यै खुसी हुदैनन्ः मन्त्री गुरुङ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

नेता लोभी भएको देशका जनता कहिल्यै खुसी हुदैनन्ः मन्त्री गुरुङ

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नेता लोभी भएको देशका जनता कहिल्यै खुसी नहुने बताएका छन् ।

पहिला आफू बदलिन आवश्यक रहेको बताउँदै मन्त्री गुरुङले राजनीति गर्नेहरू लोभबाट मुक्त हुनुपर्ने बताए । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा शुरु राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन मन्तव्यका क्रममा मन्त्री गुरुङले वडाध्यक्षदेखि प्रधानमन्त्रीसम्मै सदाचार हुनु पर्ने बताए ।

‘जुन देशका नेता लोभी हुन्छन्, त्यस त्यस देशको जनताले सुख पाएको मैले देखेको छैन’ मन्त्री गुरुङले भने ‘त्यसैले देश बनाउने हो भने हामी जस्ता राजनीति गर्नेहरू लोभबाट मुक्त हुन आवश्यक छ ।

राजनीति गर्नु भनेको मोज मस्ती र रजगज गर्नु नभई जनताको उज्यालो भविश्यको खोज्नु रहेको बताउँदै कानुनमन्त्री गुरुङले देशको मुहार उज्यालो बनाउन आफै सुध्रिनु पर्नेसमेत बताए ।

सम्बन्धित समाचार

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ १३, २१: २८

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० माघ १३, २१: २८

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ १३, २१: २८

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...