
धनकुटा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व राज्य मन्त्री तारामान गुरुङ्गको प्रमुख आथित्यमा र जिल्ला सभापति दिनेश राईको अध्यक्षतमा शनिबार भएको वृहत बैठकले पालिका र वडामा प्रतिनिधिहरु खटाएको छ ।
सो अवसरमा केन्द्रिय सदस्य तारामान गुरुङ्गले,‘अव कांग्रेस समुदाय स्तर सम्म पुगी जनताको भावना र चाहना अनुरुप अगाडी बढ्ने’ बताए ।
समुदायमा कांग्रेस अभियानको वारेमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले प्रकाश पारेका थिए । स्वागत तथा मन्तव्य अर्का सचिव जयन्द्र घिसिङ्गले गरे ।
कार्यक्रम संविधान सभा सदस्य लिला सुब्बा,प्रदेश कार्य समितिका सदस्य नविन किशोर शाक्य,पाख्रिवास नगरका मेयर ज्ञान वहादुर गुरुङ, छथरजोरपाटी गाउपालिका अध्यक्ष छत्र सुब्बा,महासमिति सदस्यहरु सुुुमना तिम्सिना, गंगराम ढूगाना,सिता श्रेष्ठ, सहसचिव गिरिजा प्रसाद दाहाल, कोषाध्यक्ष सरस्वती मगर,सहसचिव गिरिजा प्रसाद दाहाल,धनकुटा नगर कार्य समिति सभापति नरेश श्रेष्ठ,पाख्रिवास नगर कार्य समिति सभापति प्रमे भण्डारी,सागुरीगढी गाउँपालिका सभापति नेपाल धन राई, नेपाल तरुण दलका केन्द्रिय सदस्य मदन घिमिरे,लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ धनकुटाका अध्यक्ष नरेन्द्र राई,नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला लगायतले समुदायमा कांग्रेस अभियानले नेपाली कांग्रेसमा रुपान्तरण ल्याउने बताए ।
समुदायमा कांग्रेस अभियानका लागी महालक्ष्मी नगरपालिकामा उपसभापति निर्मल प्रसाद ओझा,सागुरीगढी गाउँपालिकामा उपसभापति सुनिल कुमार डंगोल,धनकुटा नगरपालिकमामा जिल्ला सचिव विजय सन्तोषी राई,पाख्रिवास नगरपालिकामा सचिव जयन्द्र घिसिङ्ग, चौविसे गाउपालिकामा प्रवक्ता खगेन्द्र प्रसाद घिमिरे,सहिदभूमी गाउपालिकामा सहसचिव रोशन श्रेष्ठ,छथरजोरपाटी गाउपालिकामा सहसचिव गिरिजा प्रसाद दाहाललाई खटाईएको जिल्ला सभापति दिनेश राईले जानकारी दिए ।
यसैगरी उनले,‘धनकुटा नगरपालिकाको वडा नं. १ मा सरस्वती मगर, वडा नं. २ मा भक्त थापा,वडा नं. ३ मा गोविन्द्र वाग्ले, वडा नं. ४ मा सिता श्रेष्ठ, वडा नं. ५ मा रेणु श्रेष्ठ, वडा नं. ६ मा रविन्द्र नेपाली, वडा नं. ७ मा बुद्धीकान्त घिमिरे,वडा नं. ८ मा निरुपा राई,वडा नं. ९ मा मिन वहादुर कार्की वडा नं. १० मा रुकमान तामाग लाई जिल्ला प्रतिनिधिको रुपमा खटाईएको र ‘अन्य पालिकाहरुमा तपलिश बमोजिमका पालिका तथा वडामा जिल्ला प्रतिनिधिहरु खटाईएको समेत बताए’, ।
नेपाली कांग्रेसका वडा, पालिका र क्षेत्रीय सभापति तथा संयोजकहरुको विवरण सहित

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...