एचआईडीसीएल ११.४ प्रतिशतले बढ्यो नाफा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

एचआईडीसीएल ११.४ प्रतिशतले बढ्यो नाफा

काठमाडौं। जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)को खुद नाफा ११.४ प्रतिशत बढेको छ ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ७५ करोड २७ लाख रुपैयाँ छ । कम्पनीले गत आर्थिक वर्ष यसै अवधिमा ६७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको सञ्चालन आम्दानी बढ्दा नाफामा टेवा पुगेका देखिन्छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको वित्तीय आम्दानी १ अर्ब ७ करोड रुपैयाँ छ । गत वर्षको यहीँ अवधिमा यस्तो आम्दानी १ अर्ब २ करोड रुपैयाँ थियो । त्यस्तै गत वर्षको दोस्रो त्रैमासमा कन्ट्र्याक आम्दानी पहिले ४३ लाख रुपैयाँ रहेकोमा चालु आवको दोस्रो त्रैमासमा बढेर १ करोड २३ लाख रुपैयाँ छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६१ पैसा छ । जगेडा कोषमा १ अर्ब ८९ करोड रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ३० पैसा छ । कम्पनीको रिटर्न अन इक्वीटी ५.७७ प्रतिशत छ । आइतबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९१ रुपैयाँ छ ।

 

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ १५, १३: ५८

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ १५, १३: ५८

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ १५, १३: ५८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...