
नेपालगञ्ज । कोरोना संक्रमणको जोखिम बढेसँगै भारतीय पर्यटकहरुका लागि रोकिएको कैलाश मानसरोवर प्रवेश अझै खुलेको छैन । तर माउन्टेन फ्लाइट मार्फत नेपाली आकाशबाटै कैलाश मान सरोवरको दुरदर्शन सुरु भएको छ ।
भारतीय पर्यटक कम्पनी दुर दि टेम्पलले नेपालको पथहिल ट्राभल्ससँग सहकार्य गरेर नेपालगञ्जबाट कैलाश मान सरोवरका लागि माउन्टेन फ्लाइट मार्फत दुरदर्शन सुरु गरेको हो ।
भारतको दिल्ली मुम्बई गुजरात उत्तर प्रदेश लगायत विभिन्न क्षेत्रबाट नेपालगञ्ज आइपुगेका ३८ जना भारतीय पर्यटकहरुको समूहले श्री एयरको चार्टर विमानमार्फत करिब २७ हजार फिटको उचाइबाट कैलाश मानसरोवरको दुरदर्शन गरेका छन् ।
सवा घन्टाको माउन्टेन फ्लाइटबाट एउटै दृश्यमा कैलाश पर्वत र मान सरोवर ताल दर्शन गर्न पाउनु आफ्नो लागि जीवन कै सबै ठुलो सौभाग्य भएको भारतका पर्यटकले बताए ।
काठमाडौं तथा भारतको लखनउ हुँदै नेपालगञ्ज पुगेर चार्टर फ्लाइट मार्फत कैलाश मानसरोवरको सहजै दुरदर्शन गर्न सक्ने रुट सुरु भएसँगै नेपालगञ्ज कैलाश मानसरोवरको दर्शन गर्न चाहने भारतीय पर्यटकहरुका लागि नयाँ गन्तव्यको रुपमा विकास हुने टुर दि टेम्पलका प्रबन्ध निर्देशन विकाश मिश्राले बताए ।
कोरोना संक्रमण सुरु हुनअघि नेपालगञ्जबाट सिमिकोट हिल्सा हुँदै करिब १२ हजार भारतीय पर्यटकहरुले कैलाश मान सरोवरको दर्शन गर्दै आएका थिए ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...