काठमाडौं । काठमाडौं अदालतले क्रिकेटर सन्दीप लामिछानेले आफ्नो ख्यातिको दुरुपयोग गरी बलात्कार गरेको ठहर गरेको छ ।
न्यायाधीश शिशिरराज ढकालको इजलासले २५ पुस २०८० मा गरेको फैसलाको पूर्णपाठमा क्रिकेट खेलेर बनाएको व्यक्तित्वको दुरुपयोग गरी पीडितको कमजोर अवस्थाको फाइदा उठाएको ठहर गरेको हो ।
न्यायाधीश ढकालको इजलासले दुवैबीच उमेर, आर्थिक र पारिवारिक हैसियत समान नभएको तथा यस्तो अवस्थामा भएको करणीलाई मन्जुरीमा भएको मान्न नमिल्ने निष्कर्ष निकालेको छ ।
फैसलामा भनिएको छ, ‘प्रतिवादी सन्दीप लामिछाने २२ वर्षका र निज नेपाली क्रिकेट टिमका कप्तान रही क्रिकेट खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाएका मानिस देखिन्छन् । पीडित सन्दीप लामिछानेको खेलसमर्थक ९फ्यान० देखिन्छिन्।’
प्रतिवादीका तर्फबाट अदालतमा उपस्थित पीडितका साथीहरूले उनको आर्थिक अवस्था राम्रो नभएको तथा आर्थिक सहयोगसमेतको आसले पीडित लामिछानेलाई भेट्न गएको र सोही अवस्थामा घटना भएको फैसलामा छ । यस्ता निर्बल व्यक्तिहरूलाई अर्को पक्षले सहज रूपमा दुरुपयोग गर्न सक्ने हुँदा त्यस्ता व्यक्तिहरू यौन जोखिममा रहेका हुन्छन् ।
यसरी जोखिममा रहेका व्यक्तिसँग हुने यौनक्रियाका सम्बन्धमा मन्जुरीको प्रश्न उठेमा असमान शक्ति सन्तुलनको दृष्टिकोणबाट पनि हेरिनुपर्ने हुन्छ,’ फैसलामा छ । प्रतिकार नगरेको मात्र कारणले करणीमा मन्जुरी रहेको मान्न नमिल्ने न्यायाधीश ढकालको ठहर छ ।
एक पक्षबाट भौतिक बल प्रयोग भएमा वा बल प्रयोग गर्ने धम्की दिएको अवस्थामा, अर्को पक्ष अचेत रहेको वा शारीरिक रूपमा अशक्त रहेको अवस्थामा प्रतिकार नगरी समर्पण गर्नुपर्ने हुन सक्छ । यसलाई मन्जुरी मान्न नमिल्ने फैसलामा छ ।
क्लोज क्याम्पमा रहेको र भोलिपल्ट विदेश जानुपर्ने लामिछानेले आफूलाई छुट्याइएको हायात प्यालेसको कोठामा नबसी राति पीडितलाई होटेलमा लिएर जानु, पीडित बसेको कोठामा बस्नुजस्ता क्रियाकलापले प्रतिवादी लामिछानेको मनसाय नै पीडितसँग करणी गर्नु रहेको अदालतको ठहर छ ।
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...