काठमाडौं । भारत छत्तीसगढस्थित बिजापुर–सुकमा सीमा स्थित टेकुलगुडममा रहेको सुरक्षा क्याम्पमा माओवादीले आक्रमण गरेको छ । माओवादीको खोजी अभियानमा निस्किएका प्रहरीमाथि शंकास्पद माओवादीले चौतर्फी हमला गरेका हुन ।
आक्रमणमा परी तीन प्रहरी जवानको मृत्यु भएको छ भने १४ प्रहरी घाइते भएका छन् । उक्त क्षेत्रमा प्रहरीले गत मंगलबार मात्रै नयाँ शिविर स्थापना गरेको थियो ।
घण्टौंसम्म चलेको दोहोरो भिडन्तमा परी घाइतेको उपचारका लागि जगदलपुर रिफर गरिएको र अवस्था चिन्ताजनक रहेको बिबिसीले जनाएको छ ।
यसअघि तेकुलगुडम क्षेत्रमा सन् २०२१ मा माओवादीसँगको भिडन्तमा २३ प्रहरी मारिएका थिए ।
काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...
काठमाडौं : भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले अधिकारीहरूले आइतबारदेखि थप कडा प्रतिबन्ध लागू गरेका छन् ।...
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने ज्योतिष...