संक्रमितको संख्या २ सय १७ पुग्यो: लकडाउन कडा बनाउन प्रधानमन्त्रीको निर्देशन – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

संक्रमितको संख्या २ सय १७ पुग्यो: लकडाउन कडा बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमण हुनेको संख्या नेपालमा २ सय १७ पुगेको छ ।
सोमबारसम्म कोरोना संक्रमितको संख्या एक सय ३४ थियो भने मंगलबार ८३ जना संक्रमितको संख्या बढेर दुई सय १७ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार राति सवा १० बजेसम्म उपलब्ध गराएको विवरणअनुसार पर्सा जिल्लामा मात्र कोरोना भाइरस संक्रमितको संख्या ५७ पुगेको छ । यसअघि पर्सामा २५ जना कोरोना भाइरसका संक्रमित फेला परेका थिए । पर्सा जिल्ला कोरोना संक्रमितको संख्या जम्मा ८२ पुगेको छ ।

मंगलबार कोरोना भाइरस संक्रमितहरु रुपन्देहीमा ९ जना, कपिलबस्तुमा ८ जना, महोत्तरी,धनुषा, भक्तपुरमा २-२ जना तथा काठमाडौं, सर्लाही र वारामा १-१ जना थपिएका थिए । पर्सापछि सबैभन्दा बढी कोरना संक्रमित उदयपुरमा देखिएका हुन् । त्यहाँ ३० जना संक्रमित भेटिएका थिए । संक्रमितमध्ये केही डिष्चार्ज भइसकेका छन् ।


हालसम्म कोरोना भाइरसबाट कपिलबस्तुमा २९ जना, वाँकेमा २४ जना, रुपन्देहीमा १६ जना, काठमाडौं र कैलालीमा ४-४ जना, रौतहट र वारामा ३-३ जना संक्रमित भेटिएका छन् ।
महोत्तरी, धनुषा, भक्तपुर, धादिङ, वागलुङ, चितवन, मोरङ र झापामा २÷२ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् भने सर्लाही, भोजपुर, वर्दिया र सप्तरी १ -१ जना कोरोना संक्रमित फेला परेका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार बीरगंजका ४ पत्रकारलाई पनि कोरोना संक्रमण भएको छ । रुपन्देहीमा संक्रमित एक महिला स्वास्थ्य संस्थामा कार्यरत नर्स भएको बुझिएको छ ।


मंगलबारसम्म सरकारले १८ हजार नौ सय ९० जनाको पीसीआर प्रविधिबाट र ५९ हजार छ सय २७ जनाको आरडीटी प्रविधिबाट कोभिड १९ को परिक्षण गरेको छ । १२ हजार सात सय ८५ जना क्वारेन्टाइनमा राखिएको छ भने दुई सय २८ जनालाई आइसोलेसनमा राखिएको छ ।
हालसम्म ३३ जना कोरोना भाइरसका संक्रमितहरु निको भएर स्वास्थ्य लाभ गरी घर फर्किसकेका छन् ।


मंगलबार दिउँसो १ बजे मन्त्रालयले जारी गरेको विज्ञप्तीमा काठमाडौंको टेकुस्थित प्रयोगशालामा गरिएको परिक्षणअनुसार ५७ जना संक्रमित थपिएको जनाएको थियो । जसअनुसार कपिलबस्तु जिल्लाका ८ जना, रुपन्देही जिल्लाका ९ जना, पर्साका ३९ जना र बारा जिल्लाका १ जनामा कोराना संक्रमण पुष्टी भएको जनाएको थियो ।


मंगलबार विहान १० स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जनाए अनुसार नयाँ पुष्टी भएको २६ जनाको राष्ट्यि जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । जसअनुसार पर्सा जिल्ला निवासी २२, २८, २८, ३२, ४५ र ६० वर्षिया ६ जना महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५९, ५५, ६१, ६१ वर्षीय १२ जना पुरुषहरुमा संक्रमण पुष्टी भएको हो ।


त्यस्तै, महोत्तरी जिल्ला निवासी १६ र ३५ वर्षीय पुरुषहरु, धनुषा जिल्ला निवाससी २० वर्षीय महिला र ४० वर्षीय पुरुष, भक्तपुर जिल्ला निवासी २५ वर्षीय महिला र २७ वर्षीय पुरुष, काठमाडौ जिल्ला निवासी ३३ वर्षीय महिला र सर्लाही निवासी ४५ वर्षीय पुरुषमा पनि कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।


कोरोना भाइरस संक्रमितको संख्या मंगलबार एक्कासी ८३ जना थपिएर दुई १७ जना पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठकमा लक डाउन खुकुलो पारेको भन्दै मन्त्रीहरुसँग असन्तुष्ट बनेका छन् । प्रधानमन्त्री ओलीको असन्तुष्टी पछि उपप्रधानमन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादलले गृह सचिव र आइजीपीलाई कडा निर्देशन दिएपछि लकडाउन कडा बनाउन र काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य बिन्दुमा कडाइ गर्न निर्देशन दिएका छन् ।

सम्बन्धित समाचार

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०७७ बैशाख ३०, २३: १५

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...

नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
  • २०७७ बैशाख ३०, २३: १५

काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ बैशाख ३०, २३: १५

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...