हिउँदे अधिवेशनमा ४० वटा विधेयक दिने गरी काम गर्न निर्देशन – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

हिउँदे अधिवेशनमा ४० वटा विधेयक दिने गरी काम गर्न निर्देशन

काठमाडौं । सरकारले २२ माघबाट सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनमा ४० वटा विधेयक ल्याउने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभन्दा अगाडि र पछाडि गरेर दुई चरणमा ४० वटा विधेयक संसद्मा पेस गर्ने सरकारको तयारी छ । संसद्कै अध्ययनले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण ३९ वटा विधेयक अझै बन्न बाँकी रहेको प्रतिवेदन दिएका वेला सरकार बढीभन्दा बढी बिजनेस ल्याउने गृहकार्यमा जुटेको हो ।

मन्त्रालयहरूसँग समन्वय गरेर हिउँदे अधिवेशनको बिजनेस तय गर्न जुटेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मंगलबार प्रधानमन्त्री प्रचण्डलाई ४० विधेयकको रोस्टर प्रस्तुत गर्दै बिजनेसको तयारीबारे जानकारी गराएको छ । पहिलो चरणमा कम्तीमा १० देखि २० वटा विधेयक संसदीय प्रक्रियामा लैजाने कानुन मन्त्रालयले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको छ ।

‘कुन विधेयक तयार छ, संसद्मा दर्ता नै गर्नुपर्ने कुन छ, कतिपय सैद्धान्तिक स्वीकृति दिइसकेको, कतिपय अर्थ मन्त्रालयमा विचाराधीन रहेको भनेर विभिन्न प्रकृतिका विधेयकको उनिहरुले रोस्टर बनाएर ल्याएका थिए,’ प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले भने । २२ गतेबाट सुरु हुने संसद्मा पहिला सक्दो विधेयकहरू पेस गर्ने र प्रक्रियालाई पनि छिटो टुंग्याउन प्रधानमन्त्रीले निर्देशन दिएको उनले बताए ।

 

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ १७, १३: ०५

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ १७, १३: ०५

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ १७, १३: ०५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...