
काठमाडौं। उच्च अदालत पाटनका सबै इजलास र मातहतका जिल्ला अदालतमा आज शोक विदा दिइएको छ । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको असामयिक निधनमा शोक विदा दिइएको हो ।
न्यायाधीश मरासेनीको हृद्धयघातका कारण हिजो निधन भएको थियो । उनी सरुवा भएर दुई दिनअघि मात्रै उच्च अदालत पाटनमा हाजिर भएका थिए ।
न्यायपरिषद्ले गत १८ पुसमा उच्च अदालतमा रिक्त रहेको ४० मध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको थियो। रौतहट जिल्ला अदालतबाट उनी उच्चमा भर्खर बढुवा भएर आएका थिए।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...