
काठमाडौं। नेकपा (एमाले) का नेता बसन्त नेम्वाङ अकस्मात् बिरामी भएका छन्। नेम्वाङ पार्टी बैठकका लागि ताप्लेजुङ पुगेका थिए। उनी नेकपा (एमाले) को ताप्लेजुङ इन्चार्जका साथै पाँचथरबाट प्रतिनिधि सभा सदस्यसमेत हुन् ।
बुधबार बिहान साढे ११ बजेतिर उनी बिरामी परेर शरीरको एक भाग नचल्ने भएको थियो। एमाले ताप्लेजुङ जिल्ला कमिटी बैठकमा सहभागी हुन पुगेका नेम्वाङ बिरामी भएपछि जिल्ला अस्पताल लगिएको छ।
उनलाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी छ। नेम्वाङ बिरामी भएको र हेलिकप्टर मगाएर काठमाडौँ ल्याउने तयारी गरिएको एक नेताले जानकारी दिए ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...