ठूला काण्डमा संलग्न माओवादी शीर्ष नेतादेखि पदाधिकारीकाे किन संरक्षण गर्दै छ प्रचण्ड सरकार ? – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

ठूला काण्डमा संलग्न माओवादी शीर्ष नेतादेखि पदाधिकारीकाे किन संरक्षण गर्दै छ प्रचण्ड सरकार ?

काठमाडौं । भ्रष्टाचार र अपराधका केही ठूला फाइल खोलेर चर्चामा आएका प्रचण्ड सरकार अहिले आफ्नै पार्टीका नेता तथा मन्त्रीहरूको नाम मुछिएपछि कार्बाही गर्नको साट्टा उल्टै संरक्षणमा जुटेको छ ।

सरकारको नेतृत्व अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । सरकारको नेतृत्व समालेकै दिनदेखि भ्रष्टाचारविरुद्ध निर्मम बन्ने उद्घोष गरेका थिए उनले ।

तर पछिल्लो समय उनै प्रधानमन्त्री प्रचण्ड आफैंले बोलेको कुरा लागू गर्नको साटो लाज पचाएर हिडिरहेका छन् । कारबाहीबाट पन्छिदै गएको देखिन्छन् ।

पार्टीका नेतामाथि गम्भीर आरोप लाग्दा उनले पार्टी र सरकार कहिँबाट त्यसको खबरदारी गर्न सकिरहेको देखिदैन । प्रचण्ड आफै माओवादी क्यान्टोनमेन्ट घोटला काण्डमा मुछिएका प्रमुख पात्र हुन ।

त्यस्तै अर्को जघन्य काण्डमा मुछिएका पात्र हुन उपमहासचिव जनार्दन शर्मा । उनको नाम पनि काण्डको अग्रपंतिमा नै छ । शर्मा अर्थमन्त्री हुँदा सिसिटिभि फुटेज डिलिट गरेको र नेपालबाटै अमेरिकामा रहेका वृद्धाहरूलाई झुक्याएर रकम ठगी गरेको गम्भीर आरोप छ ।

माओवादीका उपाध्यक्ष समेत रहेका पूर्व सभामुख कृष्णबहादुर महरा त झन विवादित प्रमुख पात्र हुन् । महरा त बलात्कार काण्डदेखि सुन तसकरीकाण्डमा मुछिए व्यक्ति हुन । महरा मात्रै नभएर उनका छोरा राहुल महरा अवैद्य सुन कारोबार गर्ने गिरोहका नाइके भएको अनुसन्धानबाट खुलेको छ ।

राहुल अहिले पूर्पक्षका लागि कारागारमा छन् । काण्डमा कृष्णबहादुर महराको नाम मुछिएको भए पनि उनलाई अनुसन्धानको दायरामा ल्याउन सकेका छैनन् ।बलात्कार र सुन काण्डका घटनासँग जोडिएका महराले सञ्चार माध्यमसँग भनेका थिए, ’हामी त सानो माछा मात्रै हो । धेरै ठूला माछा छन् यसमा । हामी त भुरेभारा माछा मात्रै हौं । सबै बताउन चाहँदैन । समयक्रमसँगै आउने छ ।’

तर उनले गरेको कुरा अहिले गर्भमै लुकाइएको छ । महाराका बाबुछोराले सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग गरेका फोन सम्वाद अनुसन्धानबाट खुलेको थियो । भेपमार्फत तस्करी भएको सुन निकासीका लागि विमानस्थल भन्सारका कर्मचारीलाई उनले दबाब दिने गरेका थिए ।

तर महरालाई अनुसन्धानको दायरामा ल्याउन नसक्नुको कारण अझै रहस्यमै छ । माओवादी केन्द्रका अर्का उप महासचिव वर्षमान पुन सुन तस्करीमा मुछिएका बेल्जियम नागरिक दावा छिरिङसँग घाँटी जोडिएका पात्र हुन ।

एक क्विन्टल सुन तस्करीमा पक्राउ परेका दावा छिरिङसँग पुनको पारिवारिक सम्बन्ध रहेको अनुसन्धानबाटै खुलेको छ । उक्त विषयमा समेत प्रचण्डकै दबावका कारण छानविन प्रक्रिया अघि बढ्न नसकिरहेको बुझिएको छ ।

पूर्व डिआइजी हेमन्त मल्लले यश विषयमा भनेका छन्, ’राजनीतिक आवरणमा गरेको जुन अपराधहरु छन् । ती व्यक्तीहरु कहिँ न कहिँ सत्ताको नजिक भएकाले उनीहरुको संरक्षण भइरहेको छ । अपराधीको राजनीतिकरण गर्ने परिपाटीको अन्त्य हुनु पर्नेमा झन मौलाइरहेको छ ।

माओवादीका ठूला नेता मात्र हैन यस्ता कार्यमा भातृ संगठनका नेता पनि संलग्न भएको तथ्य सार्वजनिक भइरहेको छ । १५ वर्षअघि कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न आरोपी अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध दुई दुई पटक अदालतले पक्राउ पूर्जी जारी गरिसकेको छ ।

उनलाई पक्राउ गर्न प्रहरीले चासो देखाएको छैन । सिंह, प्रचण्ड क्याविनेटसँग नजिक भएकै कारण प्रहरीले पक्राउ गर्न आनाकानी गरिरहेको छ । फरार सूचीमा रहेकी सिंह खुलेआम भाषण गर्दै हिँडिरहेकी छिन् ।

यता पूर्वजनमुक्ति सेनाका डिभिजन कमाण्डर कालीबहादुर खाम पनि सरकारी सूचीमा विगत १४ वर्षदेखि फरार रहेका छन् । चितवनको शक्तिखोर शिविरमा व्यापारी रामहरि श्रेष्ठको हत्या घटनामा जोडिएका उनी फरार छन् ।

खामलाई प्रहरीले अहिलेस पक्राउ गर्न सकेको छैन् । प्रधानमन्त्री र गृहमन्त्री माओवादीकै नेतृत्वमा भएका कारण उनका पार्टीका अपराधी गिरोहलाई संरक्षण भइरहेको सर्वसाधरणको गुनासो गरिरहेको छन् ।

सम्बन्धित समाचार

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ १८, ०६: ५९

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० माघ १८, ०६: ५९

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ १८, ०६: ५९

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...