
काठमाडौं । भर्खरै राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गरेको निर्वाचन आयोग अब भने उप निर्वाचनको तयारीमा जुटेको छ । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा रिक्त रहेका पदको उपनिर्वाचनलागि आयोगले छलफलको तयारी गरेको हो ।
उपनिर्वाचनको मिति घोषणाका लागि आयोगले सरकारसँग परामर्श गर्ने तयारी गरेको जनाएको छ । आयोगले आगामी वैशाखमा उपनिर्वाचन गर्ने गरी सरकारसँग निर्वाचनको मिति घोषणाबारे परामर्श गर्न लागिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोग पदाधिकारीले बैशाखमा उपनिर्वाचन गर्ने प्रस्तावसहित प्रधानमन्त्रीसँग छलफल गर्ने बताइएको छ ।
आयोगका अनुसार प्रतिनिधि सभा, प्रदेश सभा, जिल्ला समन्वय समिति र स्थानीय तह गरी कुल २५ पद रिक्त छन् । स्थानीय तहको कार्यकाल अझै करिब तीन वर्षभन्दा बढी भएकाले उपनिर्वाचन गरिन लागेको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ मा प्रत्यक्षतर्फ निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने उल्लेख छ ।
आयोगका अनुसार १७ वडाध्यक्ष पद रिक्त छने । नगर उपप्रमुख एक, गाउँपालिकाका अध्यक्ष एक र उपाध्यक्षको दुई पद रिक्त छन् ।
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको एक÷एक पद रिक्त छन् । कोशी प्रदेशको इलाम–२ प्रतिनिधि सभा निर्वाचन र सुदूरपश्चिमको बझाङ १ (क) मा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रिक्त छन् ।
२३ जना प्रतिनिधिको भने मृत्यु भएका कारण पद रिक्त भएको हो भने दुई जना वडाध्यक्ष जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि ती पद रिक्त भएका हुन् ।
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...