विधेयक अधिवेशनमा आफ्नो बलियो प्रस्तुतीका लागि संसदीय दलहरूको बैठक बस्दै – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

विधेयक अधिवेशनमा आफ्नो बलियो प्रस्तुतीका लागि संसदीय दलहरूको बैठक बस्दै

काठमाडाैं । आगामी २२ गतेदेखि सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनमा आफ्नो बलियो प्रस्तुतीका लागि संसदीय  दलको बैठक बस्दै छ ।

संसद्लाई प्रभावकारी बनाउने, जनजीविकाका सवाल र कानुन निर्माण केन्द्रित गराउने रणनीति बनाउन संसदीय दलहरूको बैठक बस्न लागेको हो ।

रास्वपा संसदीय दलको बैठक शुक्रबार बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । आगामी अधिवेशनमा उठाउनुपर्ने मुद्दाको तयारीका लागि बैठक बस्न लागेको सचेतक निशा डाँगीले बताइन् ।

यसैगरी, कांग्रेस संसदीय दलको बैठक संसद् भवनको लोत्से हलमा दिउँसो २ बजे बस्दै छ । प्रमुख सचेतक रमेश लेखकका अनुसार आगामी अधिवेशनलाई कानुन निर्माणमा उपलब्धिपूर्ण बनाउने उद्देश्यसहित बैठक बस्दै छ ।

यसैगरी, प्रमुख प्रतिपक्षी एमालेको संसदीय दलको बैठक शनिबार दिउँसो १२ बजे संसद् भवनको लोत्से हलमा बस्दै छ । सचेतक महेश बर्तौलाका अनुसार दुई दिनसम्म चल्ने बैठकमा जनजीविकाका सवाल, प्रतिपक्षी बेन्चको प्रभावकारिता र सिंगो संसद्कै प्रभावकारिताका सवालमा बृहत् छलफल हुनेछ ।

सम्बन्धित समाचार

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ १९, ११: ४०

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ १९, ११: ४०

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ १९, ११: ४०

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...