
काठमाडाैं । आगामी २२ गतेदेखि सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनमा आफ्नो बलियो प्रस्तुतीका लागि संसदीय दलको बैठक बस्दै छ ।
संसद्लाई प्रभावकारी बनाउने, जनजीविकाका सवाल र कानुन निर्माण केन्द्रित गराउने रणनीति बनाउन संसदीय दलहरूको बैठक बस्न लागेको हो ।
रास्वपा संसदीय दलको बैठक शुक्रबार बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । आगामी अधिवेशनमा उठाउनुपर्ने मुद्दाको तयारीका लागि बैठक बस्न लागेको सचेतक निशा डाँगीले बताइन् ।
यसैगरी, कांग्रेस संसदीय दलको बैठक संसद् भवनको लोत्से हलमा दिउँसो २ बजे बस्दै छ । प्रमुख सचेतक रमेश लेखकका अनुसार आगामी अधिवेशनलाई कानुन निर्माणमा उपलब्धिपूर्ण बनाउने उद्देश्यसहित बैठक बस्दै छ ।
यसैगरी, प्रमुख प्रतिपक्षी एमालेको संसदीय दलको बैठक शनिबार दिउँसो १२ बजे संसद् भवनको लोत्से हलमा बस्दै छ । सचेतक महेश बर्तौलाका अनुसार दुई दिनसम्म चल्ने बैठकमा जनजीविकाका सवाल, प्रतिपक्षी बेन्चको प्रभावकारिता र सिंगो संसद्कै प्रभावकारिताका सवालमा बृहत् छलफल हुनेछ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...