बजारमा विषालु अखाद्य वस्तुको बिगबिगी – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

बजारमा विषालु अखाद्य वस्तुको बिगबिगी

काठमाडौं । सरकारले प्रभावकारी अनुगमन गर्न नसक्दा बजारमा खाद्य पदार्थ, तरकारी र फलफूलमा विषादी प्रयोग तीब्र रुपमा हुन थालेको उपभोक्ताहरुले बताउन थालेका छन् । फलफूललाई एकै रातमा पकाउने र तरकारीमा पनि विषादी प्रयोग गरेका कारण फ्रिजमा लगेर २÷४ घण्टा राख्दा तुरुन्तै सड्ने र गन्हाउने गरेको उपभोक्ताहरु बताउँछन् । अहिले बजारमा पाइने फलफूल, तरकारी लगायत खाद्य सामग्रीको गुणस्तर तथा शुद्धताबारे सरकारले कहि कतै निरीक्षण नगरेका कारण व्यापारीहरुले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरिराखेका छन् । निकै अगाडि खाद्य तथा गुणस्तर नियन्त्रण विभागले मिठाई लगायतको खाद्य सामग्रीको गुणस्तर परिक्षण गर्दा कुहिएका मिठाई बिक्री गरिएको देखिएपछि बानेश्वर, न्यूरोड, कालिमाटी, गौशाला लगायत ठूला मिठाई पसलहरुलाई कारबाही गरेर जरिवाना समेत तिराएको थियो । त्यसपछि ती ठूला मिठाई पसलेहरुले महिनौ दिन पसल बन्द गरेर मिठाई बनाउने स्थानदेखि खाना पकाउने रेष्टुरेन्ट, भान्सा समेतको सुधार गरेका र अत्याधुनिक फ्रिजको व्यवस्था समेत गरेका थिए ।

त्यसपछि पछिल्लो समय दरबार मार्गमा ठगी गर्ने ठूला पसले समेतलाई कारबाही गर्ने निर्णयबाट तस्करी गर्ने व्यापारीहरु केही हदसम्म डराएका थिए । तर त्यसपछि सरकार निर्वाचनमा होमिएको मौका पारी व्यापारीहरुले फेरी मौका छोपी उपभोक्ता ठग्ने काम कारबाहीलाई अगाडि बढाएका कारण बजारमा हाल अखाद्य वस्तु र आकासिदो बजार भाउले उपभोक्ता फेरी मारमा परेका छन् । अन्तर्राष्ट्रियस्तरका ठूला व्यापारिक केन्द्रमा समेत उपभोक्ता ठगिने र अखाद्य वस्तुको बिक्री वितरण भई रहेको समाचार आईरहँदा सरकार भने मौन बसेको छ ।
यसैबीच काठमाडौं उपत्यकाको मुख्य केन्द्र कालिमाटी तरकारी बजारमा केमिकल र विषादी प्रयोग भएका तरकारी बिक्री वितरण भइरहँदासम्म पनि सरकारको ध्यान जाने सकेको छैन । तरकारी मात्र होइन भान्छामा प्रयोग हुने तेल, घ्यू तथा अन्य डेरी प्रोडक्टहरु समेत खान योग्य नभएका समाचार सार्वजनिक भएका छन् ।

कालोबजारीदेखि अखाद्य वस्तु बिक्री वितरण गर्ने जो कोहीलाई पनि कार्बाही गर्न सरकार किन डराईरहेको छ ? उपभोक्ताले यो प्रश्नको उत्तर खोजी रहेका छन् । किन सरकार र राजनैतिक दलहरुले राम्रै नजराना ती ठग व्यापारीहरुबाट निर्वाचनमा उठाएका हुनुपर्छ हैन भने किन यस्ता कालाबजारीलाई कार्बाही नगर्ने ? यी प्रश्नहरुले जवाफ पाउन सकेका छैनन् । सरकारले गरौं भने सक्ने रहेछ भन्ने कुरा यस अगाडि भएको कडा निगरानीबाट जनताले बुझेका भए पनि उपभोक्ता ती अखाद्य वस्तु उपभोग गर्न बाध्य छन् । कालिमाटीको तरकारी तथा फलफूल बजार भित्रै भईरहेको विषादीयुक्त तरकारी तथा फुलपूmलको बेचबिखनतिर सरकारको ध्यान जान नसक्दा जनताको स्वास्थ्यमाथि निकै ठूलो हेलचेत्र्mयाईं भइराखेको छ ।

सम्बन्धित समाचार

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
  • २०७४ पुष २४, ०८: ०८

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
  • २०७४ पुष २४, ०८: ०८

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...

कोशी प्रदेशका दुई ठूला फार्ममा बर्डफ्लु पुष्टि, ठूलो संख्यामा कुखुरा नष्ट गरिँदै
कोशी प्रदेशका दुई ठूला फार्ममा बर्डफ्लु पुष्टि, ठूलो संख्यामा कुखुरा नष्ट गरिँदै
  • २०७४ पुष २४, ०८: ०८

काठमाडौँ : कोशी प्रदेशमा कुखुरामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ठूलो मात्रामा पक्षी नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ । प्रदेशकै...