काठमाडौं । प्रदेश नं १ को राजधानी विराटनगर र धनकुटामा पहिलो पटक तीन जनामा कोरोना संक्रमण प्रमाणित भएको छ । योसँगै नेपालमा संक्रमितको सख्या बढेर दुई सय ९५ पुगेको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणबाट विराटनगर निवासी २९ वर्षिय महिला र ३६ वर्षे पुरुष तथा धनकुटाकी ३४ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।
मोरङ र धनकुटामा कोरोना संक्रमित भेटिएको यो पहिलो घटना हो । हालसम्म कोरोना संक्रमणबाट सिन्धुपाल्चोकको वाह्रविसेकी २९ वर्षिय महिला र वाँके नरौनापुरका २५ वर्षे पुरुषको निधन भइसकेको छ ।
कोरोना संक्रमित भएकामध्ये ३६ जना निको भएर घर फर्किसकेका छन् । हालसम्म २९ वटा जिल्लामा कोरोना संक्रमितहरु भेटिएको छ ।
काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...
काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...
काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...