काठमाडौं । कोरोना संक्रमितको सख्या दिन प्रतिदिन वढ्दै जाँदा आइतवार तीन सय चार पुगेको छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणबाट रौतहट जिल्लाको इशनाथ नगरपालिका वडा नं २,३,६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षे युवामा कोरोना संक्रमण भएको पुष्टी भएको हो ।
सोमबार विहान मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार कोभिड १९ को संक्रमणबाट रौतहट जिल्लाकै माधवनारायण नगरपालिका वडा नं ३ निवासी २८ वर्षे महिला तथा वारा जिल्लाको करैयामाई ५ निवासी ३८ वर्षे पुरुष संक्रमित भएका हुन् ।
रौतहटमा आइतबारसम्म १३ जना संक्रमित रहेकोमा सोमबार १२ जना थप संक्रमित भेटिएको हो । वारा जिल्लामा यसअघि ३ जना संक्रमित थिए । रौतहटको राजपुर फरहथवा, इसनाथ, देवाही गोनाही र बृन्दावन गरपालिकामा पनि संक्रमित भएको जनस्वास्थ्य प्रयोगशाला टेकुले पुष्टी गरेको थियो ।
काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...
काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...
काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...