कठमाडौं । कोरोना संक्रमण आज सोमबार एकै दिन ६२ जनामा देखिएपछि संक्रमितको सख्या तीन सय ५७ पुगेको छ ।
वाँकेको नरौनापुरका २५ वर्षे युवाको कोरोना भाइरसको परिक्षण नै नगरी क्वारेन्टाइनमा मृत्यु भएपछि स्वास्थ्य मन्त्रालयले वाँकेमा नमुना परिक्षणको कार्य बढाएसँगै आज एकै दिनमा ४७ जनामा संक्रमण पुष्टी भएको हो ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार वाँके जिल्लामा ४6 जना पुरुष र १ जना महिला गरी ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । योसँगै वाँके जिल्लामा संक्रमितको सँख्या ८१ पुगेको छ । वाँकेमा यसअभि ३४ जना संक्रमित भएको पुष्टी भएको छ । पर्षामा ९१ जना संक्रमित छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज सोमबार रौतहटमा १० जनामा र मोरङ,गुल्मी, धनुषा,वारा धादिङ र दाङमा एक÷एक जनामा संक्रमण भएको पुष्टी भएको थियो ।
आइतबार संक्रमितको सख्या दुई सय ९५ मात्र थियो । प्रवक्ता डा. देवकोटाले क्वारेन्टाइनमा २० हजार ९० जना र आइसोलेसनमा चार सय १२ जनालाई राखिएको वताए ।
सरकारले हालसम्म पिसिआर प्रविधिबाट ३० हजार सात सय २३ जनाको परिक्षण गरेको छ भने ६९ हजार पाँच सय ६० जनामा आरडीटी प्रविधिबाट नमुना परिक्षण गरेको छ ।
नेपालमा कोरोना संक्रमणबाट फागुनमा १ जना, चैतमा १२ जना र वैशाखमा दुई सय ९१ जना संक्रमित भएका थिए । संक्रमितमध्ये दुई सय ९८ जना पुरुष र ५९ जना महिला छन् । तिमध्ये एक महिला र एक पुरुषको कोरोनाकै कारणले निधन भइसकेको छ ।
हालसम्म प्रदेश १ मा ४० जना, प्रदेश २ मा एक सय ३२ जना, वागमती प्रदेशमा १८ जना, गण्डकी प्रदेशमा तीन जना, प्रदेश ५ मा एक सय ५९ जना र सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ ।
काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...
काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...
काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...