काठमाडौं । जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक तथा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी पौष १९ गतेबाट सहायक रथी ले सम्हालेका छन् । सहायक रथी नैनराज दाहालले निर्देशनालयमा आयोजित एक कार्यक्रमका बीच सहायक रथी भण्डारीलाई कार्यभार हस्तान्तरण गरे । करिव ३ महिना जनसम्पर्क तथा सूचना निर्देशक तथा सैनिक प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा सञ्चार जगतका सवै मिडिया हाउस, प्रकाशक, सम्पादक तथा बिशेषगरी डिफेन्स विटसंग सम्बद्ध पत्रकारहरुबाट प्राप्त सद्भाव, शुभेच्छा र सहयोगका लागि सहायक रथी दाहालले आभार प्रकट गरेका छन् ।
सहायक रथी भण्डारीको कार्यकालमा नेपाली सेना र पत्रकार जगतबीचको सम्बन्ध थप प्रगाढ र सुमधुर बनाउँदै लैजान सञ्चार जगतको अझ बढी सहयोग रहने विश्वास नेपाली सेनाले लिएको सहायक रथी दाहालले बताएका छन् । यसैबीच, काठमाडौं–तराई÷मधेश दु्रतमार्ग ९भ्हउचभककधबथ० आयोजना अन्तर्गत मकवानपुर जिल्लास्थित निर्माण कार्यदल सुरक्षा बेश लेनडाँडा र सुरक्षा बेश बुदुनेमा नवनिर्मित भौतिक पूर्वधारहरुको प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले समुद्घाटन गरी आयोजनामा खट्टिनु भएका रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुलाई निर्देशन दिएका छन् । 
उक्त द्रुतमार्ग निर्माण गर्न आवश्यक पर्ने जनशक्ति, विष्फोटक पदार्थ लगायत विभिन्न बन्दोबस्ती सामाग्रीहरु भण्डारण र वितरण लगायतका कार्यहरु निर्माण सम्पन्न सुरक्षा बेशहरुबाट सहज हुने अपेक्षाकासाथ सुरक्षा बेशहरुको स्थापना गरिएको हो । हालसम्म ५ वटा स्थायी कार्यदल सुरक्षा बेश स्थापना भईसकेको र अन्य सुरक्षाबेशहरु आवश्यकता अनुसार स्थापनाको क्रममा रहेका नेपाली सेनाले जनाएको छ ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...
काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...
काठमाडौँ : कोशी प्रदेशमा कुखुरामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ठूलो मात्रामा पक्षी नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ । प्रदेशकै...