काठमाडौं । नेपाल र चीनबीच आज मैत्रीपूर्ण फुटबल हुँदैछ। चिनियाँ नयाँ वर्षको अवसरमा चीनको छिङ हाई युसुको युवा टोली र नेपालको २३ वर्षमुनिको टोलीबीच मैत्रीपूर्ण खेल हुन लागेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे शुरु हुने खेलमा रोचक प्रस्तुति रहने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले चिनिया टोलीसँग हुन लागेको मैत्रीपूर्ण फुटबलको लागि करिब एक साता तयारी गरेको बताए ।
नेपालस्थित चिनिया दूतावास, राष्ट्रिय खेलकुद परिषद राखेप, नेपाल पर्यटन बोर्ड र अखिल नेपाल फुटबल संघको संयुक्त आयोजनामा मैत्रीपूर्ण खेल हुन लागेको हो । एन्फाले चिनिया टोलीसँगको खेलका लागि मनिष डाँगीको कप्तानीमा २३ सदस्यीय नेपाली टोली घोषणा गरेको छ ।
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनसहित प्रशासनिक तथा आर्थिक प्रतिबन्ध फुकुवा...
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो शतक प्रहार भएको छ । चितवन राइनोजका कामिल...
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम...