विभिन्न कर्मचारी सङ्गठनहरूले मुख्यमन्त्री कार्कीको अभिव्यक्तिप्रति माफीको माग गर्दै – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

विभिन्न कर्मचारी सङ्गठनहरूले मुख्यमन्त्री कार्कीको अभिव्यक्तिप्रति माफीको माग गर्दै

 

काठमाडौं । मुख्यमन्त्री केदार कार्कीले कर्मचारीको मानमर्यादामा ठेसपुग्ने गरी दिएको अभिव्यक्तिप्रति आपत्ती जनाउँदै कोशी प्रदेशमा क्रियाशील कर्मचारीका सङ्गठनहरूले क्षमायाचना गर्न माग गरेका छन् ।

मुख्यमन्त्री कार्कीले राष्ट्रसेवक कर्मचारीको आत्मसम्मानमा चोट पुग्ने गरी अभिव्यक्ति दिएको भन्दै निजामती कर्मचारीका विभिन्न चार वटा सङ्गठनले क्षमायाचना नगरे आन्दोलन गर्ने चेतावनी समेत दिएका हुन् ।

मुख्यमन्त्री कार्कीले केहि दिन अगाडि मोरङको सुन्दरहरैंचास्थित साजिलाल माध्यमिक विद्यालयका वार्षिकोत्सव कार्यक्रममा उनले, ‘म क्लासमा बस्ने लास्ट बेन्चकै मान्छे हो, फर्स्टमा बस्नेले त केबल लेख्न पढ्न मात्रै जान्यो, कसरी लोकसेवा पास गर्ने र भुँडी भर्न मात्रै जान्यो’, ‘ऊ अहिले खरदार छ, म अहिले मुख्यमन्त्री छु अभिव्यक्ति दिएका थिए ।’

मुख्यमन्त्रीले दिएको अभिव्यक्तिले समग्र राष्‍ट्रसेवकहरूलाई दुःखी बनाएको भन्दै विज्ञप्तिमा राष्ट्रसेवकहरूलाई उच्च मनोबल र आत्म सम्मानका साथ सेवा गर्ने वातावरण तयार गर्नसमेत माग गरिएको छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ २८, १५: २५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० माघ २८, १५: २५

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ २८, १५: २५

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...