
काठमाडौं । मुख्यमन्त्री केदार कार्कीले कर्मचारीको मानमर्यादामा ठेसपुग्ने गरी दिएको अभिव्यक्तिप्रति आपत्ती जनाउँदै कोशी प्रदेशमा क्रियाशील कर्मचारीका सङ्गठनहरूले क्षमायाचना गर्न माग गरेका छन् ।
मुख्यमन्त्री कार्कीले राष्ट्रसेवक कर्मचारीको आत्मसम्मानमा चोट पुग्ने गरी अभिव्यक्ति दिएको भन्दै निजामती कर्मचारीका विभिन्न चार वटा सङ्गठनले क्षमायाचना नगरे आन्दोलन गर्ने चेतावनी समेत दिएका हुन् ।
मुख्यमन्त्री कार्कीले केहि दिन अगाडि मोरङको सुन्दरहरैंचास्थित साजिलाल माध्यमिक विद्यालयका वार्षिकोत्सव कार्यक्रममा उनले, ‘म क्लासमा बस्ने लास्ट बेन्चकै मान्छे हो, फर्स्टमा बस्नेले त केबल लेख्न पढ्न मात्रै जान्यो, कसरी लोकसेवा पास गर्ने र भुँडी भर्न मात्रै जान्यो’, ‘ऊ अहिले खरदार छ, म अहिले मुख्यमन्त्री छु अभिव्यक्ति दिएका थिए ।’
मुख्यमन्त्रीले दिएको अभिव्यक्तिले समग्र राष्ट्रसेवकहरूलाई दुःखी बनाएको भन्दै विज्ञप्तिमा राष्ट्रसेवकहरूलाई उच्च मनोबल र आत्म सम्मानका साथ सेवा गर्ने वातावरण तयार गर्नसमेत माग गरिएको छ ।

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...