एजेन्सी । कतारले यसअघि मृत्युदण्डको फैसला सुनाएका आठ जना भारतीय नागरिक रिहा भएका छन्। उनीहरू भारतीय जलसेनाका पूर्व कर्मचारी हुन् ।
कतारको निजी सुरक्षा कम्पनीमा काम गर्ने ती आठ जना भारतीय नागरिकले कतारी जलसेनालाई विभिन्न तालिम दिन्थे ।
उनीहरु सन् २०२२ को सेप्टेम्बर महिनामा पक्राउ परेका थिए ।
कतार र भारत दुवैले उनीहरू कुन अभियोगमा दोषी ठहर भएर सजाय पाएका थिए भन्ने खुलाएका छैनन् । ती आठ जनाविरुद्ध इजरायलका लागि गुप्तचरी गरेको अभियोग लगाइएको थियो ।
मुक्त भएकामध्ये सात जना भारत फर्किसकेका भारतीय विदेश मन्त्रालयले बताएको छ ।
भारत सरकराले मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गरी कुटनीतिक पहल गरेको थियो ।
काठमाडौं : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...
राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव,...
काभ्रे : काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित...