
एजेन्सी । कतारले यसअघि मृत्युदण्डको फैसला सुनाएका आठ जना भारतीय नागरिक रिहा भएका छन्। उनीहरू भारतीय जलसेनाका पूर्व कर्मचारी हुन् ।
कतारको निजी सुरक्षा कम्पनीमा काम गर्ने ती आठ जना भारतीय नागरिकले कतारी जलसेनालाई विभिन्न तालिम दिन्थे ।
उनीहरु सन् २०२२ को सेप्टेम्बर महिनामा पक्राउ परेका थिए ।
कतार र भारत दुवैले उनीहरू कुन अभियोगमा दोषी ठहर भएर सजाय पाएका थिए भन्ने खुलाएका छैनन् । ती आठ जनाविरुद्ध इजरायलका लागि गुप्तचरी गरेको अभियोग लगाइएको थियो ।
मुक्त भएकामध्ये सात जना भारत फर्किसकेका भारतीय विदेश मन्त्रालयले बताएको छ ।
भारत सरकराले मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गरी कुटनीतिक पहल गरेको थियो ।
काठमाडौं । जापानको दक्षिणपश्चिम क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। कुमामोटो प्रान्तीय सरकारले शुक्रबार सार्वजनिक गरेको...
काठमाडौं : नेपाल अडिटर्स एसोसिएसन (अडान) ले आफ्नो २१औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण कार्यक्रम सम्पन्न गरेको...
वीरगन्ज : जिल्ला प्रशासन कार्यालय पर्साले आज पनि वीरगन्ज महानगरपालिकाका विभिन्न चार स्थानमा निषेधाज्ञा आदेश जारी गरेको छ । प्रमुख जिल्ला...