दुर्गा प्रसाईंको शक्ति प्रदर्शनमा सात ठाउँबाट र्‍याली निकालिँदै – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

दुर्गा प्रसाईंको शक्ति प्रदर्शनमा सात ठाउँबाट र्‍याली निकालिँदै

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा आज काठमाडौंमा प्रदर्शन हुने भएको छ ।

दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले मंगलबार कार्यक्रमको आयोजना गरेको छ ।

महाअभियानको ‘वार्षिक उत्सव’ कार्यक्रम भृकुटीमण्डपमा आयोजना गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।

प्रसाईँ समूहले काठमाडौंको कीर्तिपुर, स्वयम्भू, वनस्थली, चाबहिल, भक्तपुर र ललितपुरको भुलुबाट जुलुस निकाल्दै छन् ।

भृकुटीमण्डप स्थित कार्यक्रम स्थलको सुरक्षामा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

कार्यक्रममा उनले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि सहभागी गराउने दाबी गरेका थिए । तर, शाह भने यति बेला चितवनमा रहेका छन् । उनी कार्यक्रममा सहभागी नहुने बताइएको छ ।

अभियानको वार्षिक उत्सव कार्यक्रमका लागि देशभरबाट आम नागरिकहरू सहभागी हुने प्रसाईंले बताएका छन् ।

यसका लागि काठमाडौंका विभिन्न सात स्थानबाट र्‍याली गर्दै सभा स्थलमा भेला हुने तयारी छ ।

पहिलो रुटमा कीर्तिपुर, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर हुँदै कार्यक्रम स्थलतर्फ प्रवेश गर्ने मिटरब्याजी पीडितको ब्यानरमा शम्भु थापाको नेतृत्वमा र सचिवालय सदस्य विजय कँडेलको संयोजकत्वमा कोशी अञ्चल अध्यक्ष विरेश कुमार थापा र मेची अञ्चल अध्यक्ष ध्रुव शिवाकोटी सह संयोजक रहनेछन् ।

दोस्रो रुट ककनी, गंगबु, बालाजु नयाँ बजार, रानीपोखरी हुँदै र्‍याली कार्यक्रम स्थलतर्फ प्रवेश गर्ने छ । यसमा नागरिक बचतको अध्यक्ष मण्डल सदस्य राजु पनेरुको नेतृत्वमा र प्रवीण लामाको संयोजकत्वमा सचिवालय सदस्य लक्ष्मी ज्ञवाली, सचिवालय सदस्य कृष्ण बहादुर के।सी सगरमाथा अञ्चल अध्यक्ष सह–संयोजक रहनेछन् ।

त्यस्तै लुभु, लामाटार, सानागाउँ, ग्वार्को, लगनखेल, जावलाखेल, पुल्चोक, कुपण्डोल, माइतीघर, हुँदै कार्यक्रम स्थलतर्फ प्रवेश गर्ने तेस्रो रुटमा निर्माण व्यवसायीको ब्यानरमा ऋषिबाबु परियारको नेतृत्व र शक्ति शाहीको संयोजकत्वमा भेरी र नारायणी अञ्चल अध्यक्ष सह–संयोजक रहनेछन् ।

स्वयम्भू, ताहचल, डल्लु, वसन्तपुर हुँदै कार्यक्रम स्थलतर्फ प्रवेश गर्ने चौथो रुटमा सचिवालय सदय एवं ऋणी एसोसिएसन ब्यानरमा प्रमुख देवी सङ्ग्रौलाको नेतृत्व र किशोर महर्जनको संयोजकत्वमा गण्डकी अञ्चल अध्यक्ष र लुम्बिनी अञ्चल अध्यक्ष सह९संयोजक रहनेछन् ।

यसै गरी पाँचौँ रुट वनस्थली, सोह्रखुट्टे, ठमेल, लैनचौर, रानीपोखरी हुँदै कार्यक्रम स्थल तर्फ प्रवेश गर्नेछ ।

यसमा अध्यक्ष मण्डल सदस्य एवं प्रशासन विभाग प्रमुख आनन्द प्रसाद प्याकुरेलको नेतृत्व र यातायात विभागको ब्यानरमा सानु पुर्वछानेको संयोजकत्वमा धौलागिरि र राप्ती अञ्चल अध्यक्ष सह–संयोजक रहनेछन् ।

उता चाबहिल, गौशाला, जोरपाटी, मैतीदेवी, नक्साल हुँदै कार्यक्रम स्थलतर्फ प्रवेश गर्ने छैटौँ रुटमा सांस्कृतिक विभागको ब्यानरमा अध्यक्ष मण्डल सदस्य एवं संगठन विभाग प्रमुख हरि कार्कीको नेतृत्व र डीपी बजगाईंको संयोजकत्वमा जनकपुर अञ्चल अध्यक्ष दिनेश पाख्रिन र कर्णाली अञ्चल अध्यक्ष रेणु शाही, भूपू संघका अध्यक्ष नपसिंह कार्कीको सह–संयोजक रहनेछन् ।

सातौँ रुट भक्तपुर, कोटेश्वर, तीनकुने, नयाँबानेश्वर र माइतीघर हुँदै कार्यक्रम स्थल तर्फ प्रवेश गर्ने तय गरिएको छ । यसमा उपत्यका संयोजक राजेन्द्र लाखाको नेतृत्व र यदुनाथ सिग्देलको संयोजकत्व र महाकाली, सेती अञ्चल अध्यक्ष सह संयोजक रहने छन् ।

प्रसाईंले व्यवस्था परिवर्तन गर्ने भन्दै यसअघि पहिलोपटक गत मङ्सिर ७ गते काठमाडौंको बल्खुमा कार्यक्रम गरेका थिए ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन १, १२: २७

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० फाल्गुन १, १२: २७

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन १, १२: २७

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...