
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा आज काठमाडौंमा प्रदर्शन हुने भएको छ ।
दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले मंगलबार कार्यक्रमको आयोजना गरेको छ ।
महाअभियानको ‘वार्षिक उत्सव’ कार्यक्रम भृकुटीमण्डपमा आयोजना गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।
प्रसाईँ समूहले काठमाडौंको कीर्तिपुर, स्वयम्भू, वनस्थली, चाबहिल, भक्तपुर र ललितपुरको भुलुबाट जुलुस निकाल्दै छन् ।
भृकुटीमण्डप स्थित कार्यक्रम स्थलको सुरक्षामा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
कार्यक्रममा उनले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि सहभागी गराउने दाबी गरेका थिए । तर, शाह भने यति बेला चितवनमा रहेका छन् । उनी कार्यक्रममा सहभागी नहुने बताइएको छ ।
अभियानको वार्षिक उत्सव कार्यक्रमका लागि देशभरबाट आम नागरिकहरू सहभागी हुने प्रसाईंले बताएका छन् ।
यसका लागि काठमाडौंका विभिन्न सात स्थानबाट र्याली गर्दै सभा स्थलमा भेला हुने तयारी छ ।
पहिलो रुटमा कीर्तिपुर, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर हुँदै कार्यक्रम स्थलतर्फ प्रवेश गर्ने मिटरब्याजी पीडितको ब्यानरमा शम्भु थापाको नेतृत्वमा र सचिवालय सदस्य विजय कँडेलको संयोजकत्वमा कोशी अञ्चल अध्यक्ष विरेश कुमार थापा र मेची अञ्चल अध्यक्ष ध्रुव शिवाकोटी सह संयोजक रहनेछन् ।
दोस्रो रुट ककनी, गंगबु, बालाजु नयाँ बजार, रानीपोखरी हुँदै र्याली कार्यक्रम स्थलतर्फ प्रवेश गर्ने छ । यसमा नागरिक बचतको अध्यक्ष मण्डल सदस्य राजु पनेरुको नेतृत्वमा र प्रवीण लामाको संयोजकत्वमा सचिवालय सदस्य लक्ष्मी ज्ञवाली, सचिवालय सदस्य कृष्ण बहादुर के।सी सगरमाथा अञ्चल अध्यक्ष सह–संयोजक रहनेछन् ।
त्यस्तै लुभु, लामाटार, सानागाउँ, ग्वार्को, लगनखेल, जावलाखेल, पुल्चोक, कुपण्डोल, माइतीघर, हुँदै कार्यक्रम स्थलतर्फ प्रवेश गर्ने तेस्रो रुटमा निर्माण व्यवसायीको ब्यानरमा ऋषिबाबु परियारको नेतृत्व र शक्ति शाहीको संयोजकत्वमा भेरी र नारायणी अञ्चल अध्यक्ष सह–संयोजक रहनेछन् ।
स्वयम्भू, ताहचल, डल्लु, वसन्तपुर हुँदै कार्यक्रम स्थलतर्फ प्रवेश गर्ने चौथो रुटमा सचिवालय सदय एवं ऋणी एसोसिएसन ब्यानरमा प्रमुख देवी सङ्ग्रौलाको नेतृत्व र किशोर महर्जनको संयोजकत्वमा गण्डकी अञ्चल अध्यक्ष र लुम्बिनी अञ्चल अध्यक्ष सह९संयोजक रहनेछन् ।
यसै गरी पाँचौँ रुट वनस्थली, सोह्रखुट्टे, ठमेल, लैनचौर, रानीपोखरी हुँदै कार्यक्रम स्थल तर्फ प्रवेश गर्नेछ ।
यसमा अध्यक्ष मण्डल सदस्य एवं प्रशासन विभाग प्रमुख आनन्द प्रसाद प्याकुरेलको नेतृत्व र यातायात विभागको ब्यानरमा सानु पुर्वछानेको संयोजकत्वमा धौलागिरि र राप्ती अञ्चल अध्यक्ष सह–संयोजक रहनेछन् ।
उता चाबहिल, गौशाला, जोरपाटी, मैतीदेवी, नक्साल हुँदै कार्यक्रम स्थलतर्फ प्रवेश गर्ने छैटौँ रुटमा सांस्कृतिक विभागको ब्यानरमा अध्यक्ष मण्डल सदस्य एवं संगठन विभाग प्रमुख हरि कार्कीको नेतृत्व र डीपी बजगाईंको संयोजकत्वमा जनकपुर अञ्चल अध्यक्ष दिनेश पाख्रिन र कर्णाली अञ्चल अध्यक्ष रेणु शाही, भूपू संघका अध्यक्ष नपसिंह कार्कीको सह–संयोजक रहनेछन् ।
सातौँ रुट भक्तपुर, कोटेश्वर, तीनकुने, नयाँबानेश्वर र माइतीघर हुँदै कार्यक्रम स्थल तर्फ प्रवेश गर्ने तय गरिएको छ । यसमा उपत्यका संयोजक राजेन्द्र लाखाको नेतृत्व र यदुनाथ सिग्देलको संयोजकत्व र महाकाली, सेती अञ्चल अध्यक्ष सह संयोजक रहने छन् ।
प्रसाईंले व्यवस्था परिवर्तन गर्ने भन्दै यसअघि पहिलोपटक गत मङ्सिर ७ गते काठमाडौंको बल्खुमा कार्यक्रम गरेका थिए ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...