
काठमाडौं । संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा र प्रदेशसभा एक निर्वाचन क्षेत्रभन्दा बढीबाट उम्मेदवारी दिन पाइँदैन । यसअघि केही शीर्ष नेताले दुई स्थानबाट उम्मेदवारी दिने गरेकामा यस पटक कानुनी अंकुशका कारण एक निर्वाचन क्षेत्रबाट मात्रै उम्मेदवारी दिएका छन् । केही नेताले आफ्नो मतदाता नामावली भएको जिल्ला र क्षेत्रभन्दा बाहिरबाट चुनावमा प्रतिस्पर्धा गर्दै छन् ।
निर्वाचन क्षेत्रभन्दा बाहिर गएर प्रतिस्पर्धा गर्ने उम्मेदवारले यो पटक आफैलाई मतदान गर्न नपाउने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गएको स्थानीय निर्वाचनमा आफ्नो मतदाता नामावली भक्तपुरमा सारेका कारण उनले आफैलाई मतदान गर्न पाउदैनन् । उनी झापा– ५ बाट उम्मेदवार छन् । ओली अहिले सूर्यविनायक नगरपालिकाका मतदाता हुन् । त्यस्तै, एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल रौतहटको गौर नगरपालिकामा मतदाता हुन् ।
तर, उनी काठमाडौँ २ बाट उम्मेदवार भएकोले उनले पनि आफैँलाई मत दिन पाउदैनन् । काठमाडौँ १ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका नेकपा माओवादी केन्द्रका युवा नेता अनिल शर्माको मतदाता नामावली रुकुममा छ । तर, शर्मा काठमाडौँको चुनावी मैदानमा भएका कारण आफूलाई भोट दिन नपाउने भएका छन् ।
त्यसैगरी, काठमाडौँ २ का मतदाता रहेका पूर्वसभामुख दमननाथ ढुङ्गाना यस पटक नेपाली काँग्रेसको तर्फबाट भक्तपुर २ मा चुनावी मैदानमा छन् । उनले पनि आफैलाई मत दिन पाउदैनन् । रोल्पा नगरपालिकामा मतदाता रहेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पनि दाङबाट चुनाव लड्दै छन् । महराले पनि आफैलाई मतदान गर्न पाउदैनन् । महरा दाङ २ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार छन् ।
काठमाडौँ ६ का मतदाता रहेका माओवादी केन्द्रका नेता हितमान शाक्य पनि अहिले काठमाडौँ १० को चुनावी मैदानमा छन् । उनी पनि आफैलाई मतदान गर्न नपाउने अभागी उम्मेद्वारको सूचीमा पर्दछन् ।
त्यस्तै, एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईँ पनि यस पटक आफ्नो क्षेत्रमा उम्मेदवार छन् चौलागाईं यस पटक प्रदेशसभाको ‘ख’बाट चुनावी मैदानमा छन् तर उनको मतदाता नामावली प्रदेशसभाको ‘क’मा पर्छ ।
राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको मतदाता नामावली सर्लाहीको बलरा नगरपालिकामा छ । ठाकुर यस पटक महोत्तरी ३ बाट चुनावमा प्रतिस्पर्धा गर्दै छन् । यस्तै सर्लाहीको चन्द्रनगर गाउँपालिकाका मतदाता रहेका राजपा नेता राजेन्द्र महतो धनुषाबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । यी दुवैले आफुलाई भोट दिन पाउदैनन् ।
एमाले सचिव योगेश भट्टराई यस पटक काठमाडौँबाट ताप्लेजुङमा उम्मेदवार बनेका छन् । काठमाडौँ ६ का मतदाता भट्टराईले स्थानीय निर्वाचनमा डिल्लीबजार कन्या क्याम्पसबाट मतदान गरेका थिए । उनको नामावली काठमाडौँमै रहेकोले उनले पनि आफूलाई मतदान गर्न पाउदैनन् ।
उता, माओवादी केन्द्रका नेता देव गुरुङको मतदाता नामावली मनाङको नासोङ गाउँपालिकामा छ । तर प्रतिनिधिसभामा गुरुङ लमजुङबाट प्रतिस्पर्धामा गर्दै हुनुहुन्छ । गुरुङले पनि आफूले आफैलाई मत दिन पाउँदैनन् ।
काठमाडौं : नेपाली कांग्रेसभित्रको आधिकारिकता विवादमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षले अदालतको उक्त फैसलालाई...
काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता गगन थापाको नेतृत्वलाई दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । सर्वोच्चले शेरबहादुर देउवा र...
काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।शुक्रबार सभापति चयन भएसँगै १२ वटा समितिका सभापतिहरुले सभामुख...