
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुष्पकमल दाहाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारमा पार्टीबाट सहभागी भएका मन्त्रीहरूको कार्यसम्पादनको समीक्षा गर्न प्रस्ताव गरेका छन् ।
महासमिति बैठकमा प्रस्तुत गर्नुपूर्व परिमार्जनका लागि केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ‘एकल बहुमत नभएको स्थिति र शक्ति बाँडफाँटको पाँच वर्षे सहमति अनुरूप गठबन्धनभित्रको दोस्रो दलको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी दल भएको उल्लेख गरिएको छ ।
महामन्त्री शर्माको प्रतिवेदनमा नेपाली कांग्रेसबाट सरकारमा सामेल भएर मन्त्रीहरुले सम्हालेको मन्त्रालयको काम र प्रगति तथा देखिएका समस्याहरुका बारेमा समेत समिक्षा गर्नुपर्ने शर्माले बताएका छन् ।
उनका अनुसार प्रतिवेदनमा उल्लेख भएअनुसार पाटीलाई बलियो बनाउने र कांग्रेसबाट सरकारमा सहभागि मन्त्रीहरुको कार्यक्षमतालाई मजबुद्ध बनाउने विषयमा केन्द्रीत गरिएको छ ।
वर्तमान सरकारमार्फत कम्तीमा संविधान रक्षाको साझा कार्यभार सम्पादन भएको र सरकार सुशासनको दिशमा अघि बढ्ने प्रयासमा केही हद सफल भएको तर भ्रष्ट्रचार निर्मूल पार्ने विषयमा अझै खरो बहसका रुपमा अघि बढ्नुपर्ने उनले बताएका छन् ।
जनतामा दिनप्रतिदिन बढिरहेका गुनासा समाधानका लागि सरकारले भ्रष्ट्रचार नियन्त्रणमा शुन्य सहनसिलताको माध्यमबाट अघि बढ्नुपर्ने उनले बताएका छन् ।
जटिल मोडमा पुग्दै गरेको अर्थतन्त्र क्रमशः सम्हालिंदै सुधारोन्मुख दिशामा छ ।
यद्यपि नागरिकको भावना अपेक्षित गतिमा सम्बोधन गर्न र गठबन्धनमै आबद्ध पार्टीका साथीहरूमा भरपर्दो विश्वास जगाउन सरकारले नसकेको प्रतिवेदनमा उल्लेख छ ।
वर्तमान सरकारको सफलता असफलतासँग कांग्रेसको पनि अस्तित्व रहेकाले सरकारले गर्ने राम्रा कामको जस लिन नसक्ने तर अपजसहरूको भारी बोक्नुपर्ने रु भन्ने प्रश्न र असन्तुष्टि कांग्रेसको पार्टी पंक्तिमा रहेको उल्लेख छ ।
कांग्रेसका केही मन्त्रीहरुले गरेका कामको जिम्मेवारी सकरात्मक र केही मन्त्रीको काम नकरात्मक देखिएकाले स्थानीय तह, प्रदेश र केन्द्रमा भएका कमीकम्जोरीको समिक्षा महासमिति बैठकमा हुने महामन्त्री शर्माले उल्लेख गरेका छन् ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...