बीजेपी भारतकाे सबैभन्दा बढी आम्दानी गर्ने पार्टी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

बीजेपी भारतकाे सबैभन्दा बढी आम्दानी गर्ने पार्टी

काठमाडौं । एसोसिएसन फर डेमोक्रेटिक रिफर्म (एडीआर) ले भारतका राजनीतिक दलहरुको आर्थिक वर्ष २०२२/२३ को आम्दानी सार्वजनिक गरेको छ ।

प्रतिवेदनकाअनुसार छ वटा राष्ट्रिय दलहरूले एक वर्षमा तीन हजार ७७ करोड भारु आम्दानी गरेका छन् । जसमध्ये भारतीय जनता पार्टी (बीजेपी)को आम्दानी करिब २ हजा ३ सय ६१ करोड भारु छ।

एडीआरका अनुसार आर्थिक वर्ष २०२२/२३ मा छवटा राष्ट्रिय दलहरूको कुल आयको ७६।७ प्रतिशत हिस्सा भाजपासँग छ।

कांग्रेसले चार सय ५४.३७५ करोड रुपैयाँ आम्दानी गरेको छ जुन यस सूचीमा दोस्रो स्थानमा छ । यो रकम छ दलको कुल आम्दानीको १४.७० प्रतिशत हो ।

कांग्रेसबाहेक बसपा, आम आदमी पार्टी, नेशनल पिपुल्स पार्टी र सीपीआई (एम)को पनि आय सार्वजनिक भएको छ ।

एनडीआरका अनुसार आर्थिक वर्ष २०२१/२२  र  २०२२/२३ को बीचमा बीजेपीको आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ। २०२१/२२ मा पार्टीको आम्दानी १ हजार ९ सय १७.१२ करोड थियो, जुन २०२२/२३ मा बढेर २ हजार ३ सय ६०.८४४ करोड पुगेको छ।

त्यसैगरी, आम आदमी पार्टीको आम्दानी २०२१/२२ मा ४४.५३ करोड रुपैयाँबाट बढेर २०२२/२३ मा ८५.१७ करोड रुपैयाँ पुगेको छ, जुन ९१.२३ प्रतिशतले बढेको छ।

 

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन १७, १३: ४३

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन १७, १३: ४३

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन १७, १३: ४३

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...